२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

खोटाङलाई एन्फाको सदस्यता

खोटाङ – खोटाङले अखिल नेपाल फुटबल संघको अस्थायी सदस्यता प्राप्त गरेको छ। फुटबल संघ गठन गरी जिल्लामा फुटबलको व्यावसायिक विकास र विस्तारका लागि अनुरोध गरिएअनुसार एन्फाले एक वर्षका लागि अस्थायी सदस्यता प्रदान गरेको हो।

एन्फाको सदस्यता प्राप्तिका लागि प्रयास गरेको झन्डै १६ वर्षपछि सफलता मिलेको खोटाङ फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राईले बताए। २०५९ सालदेखि एन्फाको सदस्यता दिन प्रयास गरेको खोटाङलाई एन्फाले साधारणसभामा पर्ययवेक्षकका रूपमा बोलाए अस्थायी सदस्यता दिने निर्णय गरेको हो। एन्फाले खोटाङबाहेक नवलपुर र मनाङलाई पनि सदस्यता दिएको जनाएको छ। 

एन्फाको सदस्यता प्राप्त भएसँगै लिग गेमका लागि वार्षिक ३ लाख बजेट प्राप्त गर्ने, विद्यालयस्तरीय प्रतियोगिता, रेफ्री तालिम, विभिन्न उमेरसमूहको छनोट खेलमा जिल्लाको सहभागिता, खेलकुद सामग्रीलगायतका सेवासुविधा पाउने वातावरण बनेको खोटाङ फुटबल संघका अध्यक्ष राईले बताए। एन्फाको सदस्यता प्राप्त भएपछि जिल्लामा फुटबलको व्यावसायिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। 

 

प्रकाशित: १२ चैत्र २०७५ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App