२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पाँच आयोगमा अध्यक्ष नियुक्त

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा पाँचवटा संवैधानिक अयोगमा अध्यक्ष नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले बिहीबार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम मियाँ अन्सारीलाई नियुक्त गरेकी हुन् ।

उनीहरुलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बिहीबार नै पद तथा गोपनीयताको शपथ गराए । शपथ समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन उपस्थित भए पनि प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् ।

प्रकाशित: ८ चैत्र २०७५ ०२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App