२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

फेसबुक अभियानः हप्तामा एक दिन, एक छिन्, समाजका लागि

रत्ननगर (चितवन)-चितवनको लङ्कुका युवाले सामाजिक सञ्जाल (फेसबुक)बाट साइनो गाँसेर सरसफाइ अभियान थालेका छन् । उनीहरुले फोहर व्यवस्थापन गर्दै समाजमा सरसफाइसम्बन्धी सचेतना बढाउन ‘हप्तामा एक दिन एक छिन्, समाजका लागि’ भन्ने नयाँ अभियान सुरु गरेका हुन् ।

फेसबुकमा जोडिएर बनेको ‘लङ्कु चौतारी वे ग्रुप’बाट सञ्चालित उक्त अभियानमा युवा सडक, गाउँ मन्दिर तथा सार्वजनिक क्षेत्रमा सरसफाइ गर्ने र सरसफाइका लागि समाजमा चेतना दिने कार्यक्रम चलाइएको अभियन्ता भोजराज कँडेलले जानकारी दिए ।

आफ्नो गाउँ टोलको सरसफाइ आफैँ गर्नुपर्छ, समाजको विकासमा समाजका सदस्य नै अग्रसर हुनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले अभियान थालिएको उहाँले बताए ।
नुभयो ।

हरेक हप्ताको सोमबार बिहान ७ देखि ८ बजेसम्म अभियान चल्ने छ । पाँच सातजना युवा मिलेर सुरु भएको अभियानमा अहिले समाजका अन्य व्यक्तिको समेत उत्साहजनक सहभागिता रहेको कँडेलले जानकारी दिए ।

स्थानीय शिक्षक नारायण सापकोटा अभियानले गाउँ समाजमा अत्यन्तै सकारात्मक काम भएको र चेतनामूलक सन्देश दिएको भन्दै थोरै समयमा पनि धेरै काम गर्न सकिँदोरहेछ भनेर उदाहरण यहाँका युवाले दिएको बताउँछन्।

प्लास्टिकजन्य फोहर व्यवस्थापन, सडक मिचेर खेती गर्ने, सडकमै पर्ने गरी रुख बिरुवा रोपेर सडक नै साँघुरो पार्ने कामलाई निरुत्साहित गर्दै दुर्घटना न्यूनीकरणलगायत काममा अभियान केन्द्रित छ ।

फोहरको व्यवस्थापन गर्ने जिम्मा सबैले लिएमा मात्र सुन्दर र व्यवस्थित सहर निर्माण गर्न सकिने भएकाले आफूहरुले समेत साथ दिएको स्थानीयवासी ईश्वरी कँडेलले बताए।

अभियानका कारण अहिले गाउँमा सरसफाइ गर्नुपर्छ भन्ने चेतनाको विकास भएको छ । घर वरपर फोहर सङ्कलन गर्ने कामसमेत थालिएको छ ।

यस्तै सकारात्मक काममा सबैले सहयोग गर्नुपर्ने भानुभक्त सापकोटाको प्रतिक्रिया छ । रासस

प्रकाशित: २७ आश्विन २०७३ ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App