९ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

राहत शिक्षकको आन्दोलनमा पानीको फोहोरा, चार पक्राउ

राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ। तस्बिर : केशव थोकर

काठमाडौं- राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ। राहत र बालविकास शिक्षकहरुले पेशागत सुरक्षा र स्थायीत्वको माग गर्दै नयाँ बानेश्वरमा आज प्रदर्शनी गरेका थिए। आन्दोलनको क्रममा उनीहरुले निषेधित क्षेत्रमा प्रवेश गर्न लागेपछि प्रहरीले पानीको फोहोरा र अश्रु ग्याँस प्रहार गरेको छ। निषेधित क्षेत्र तोड्न खोज्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीन जना शिक्षक घाइते भएका छन्। उनीहरुको एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ।

राहत शिक्षकहरु विभिन्न माग गर्दै लामो समयदेखि आन्दोलनरत छन्। यस अघि उनीहरुको आन्दोलनमा प्रहरीले आइतबार पनि हस्तक्षेप गरेको थियो।


 

राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ। तस्बिर : केशव थोकर
राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ। तस्बिर : केशव थोकर
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App