२९ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सडक नाटकमा ट्राफिक सन्देश

खोटाङ – ट्राफिक सचेतना फैलाउन खोटाङको दिक्तेल बहुमुखी क्याम्पसले सडक नाटक मञ्चन गरेको छ। क्याम्पसको हेल्थ केयर एन्ड नेचर सेलको आयोजनामा ‘हामी सबैको सुरक्षा, ट्राफिक चेतनाको आवश्यकता’ भन्ने नारासहित हालै मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेलको जिरो पोइन्ट किराँत चोकमा सडक नाटक मञ्चन गरिएको हो।

जिल्लाको बढ्दो सहरीकरण एवं सवारी साधनको चापलाई ध्यानमा राखेर क्याम्पसले दिक्तेल आसपासका विद्यालयका छात्रछात्रालाई भेला गराई नाटक देखाएको हो। सवारी दुर्घटना न्यूनीकरण गर्दै धनजनको क्षति हुनबाट जोगाउन ट्राफिक नियम सम्बन्धी ११ सन्देश समेटिएको सडक नाटक प्रदर्शन गरिएको क्याम्पस प्रमुख हिराकुमार राईले बताए।

नाटकमार्फत पैदलयात्रीले सडकको दायाँ किनाराको प्रयोग गर्नुपर्ने, सडकमा हातेमालो गरेर हिँड्न नहुने, साना नानीलाई हातेमालो गरेर हिडाउँदा आफ्नो बायाँपट्टि राखेर हिडाउनुपर्ने, मोबाइल वा इयरफोनको प्रयोग गरेर सडकमा नहिँड्न, सडकमा सामूहिक छलफल तथा गफगाफ नगर्न, मादक पदार्थ सेवन गरेर जथाभावी सडकको प्रयोग नगर्न, जेब्रा क्रसबाट मात्र सडक पार गर्न, गुडिरहेको गाडीको अगाडि–पछाडि दौडन नहुनेलगायतका सन्देश दिइएको थियो। सडक नाटक दिक्तेल क्याम्पस, सरस्वती माविलगायतका विद्यार्थी, अभिभावकले हेरेका थिए।

प्रकाशित: १० फाल्गुन २०७५ ०२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App