२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

धितोपत्र बजार तीन अङ्कले घट्यो

काठमाडौं - धितोपत्र बजारमा आइतबार शेयरको मूल्य सामान्य विन्दुले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ३ दशमलव १५ विन्दुले घटेर एक हजार १०९ दशमलव ७२ विन्दुमा पुगेको छ।

यस्तै ठूला कम्पनीकाे शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलव ७६ विन्दुले घटेर २३६ दशमलव १६ विन्दुमा पुगेको छ। स्टकका अनुसार आइतबार कूल १७३ कम्पनीको आठ लाख २८ हजार ८५३ कित्ता शेयर रु २१ करोड सात लाख ३२ हजार १४७ मूल्यमा खरीद–बिक्री भएका छन्।

कारोवार भएका कूल ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर बढेको छ। होटल ५ दशमलव ५, विकास बैंक ३ दशमलव ६८ र उत्पादन ६ दशमलव २५ विन्दुले बढेको छ। यस्तै बैंकिङ ० दशमलव ९२, व्यापार ४ दशमलव १४, जलविद्युत् ८ दशमलव ३४, वित्त १ दशमलव ३६, निर्जीवन बीमा ९ दशमलव ०५, अन्य ७ दशमलव ७८, लघुवित्त १ दशमलव ६६ र जीवन बीमा ५३ दशमलव ७५ विन्दुले घटेको छ।रासस

 

प्रकाशित: ५ फाल्गुन २०७५ १२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App