घुस लिएर मैले जिन्दगीकै गलत काम गरेँ : आयुक्त पाठक

शुक्रबार, ०३ फागुन २०७५, १९ : १७ नागरिक

4456


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान आयुक्त राजनारायण पाठकले घुस लिएको स्वीकार गरेका छन्। नेपाल इन्जिनियरिङ कलेजको जग्गा सम्बन्धी विवादमा ७८ लाख रुपैयाँ घुस लिएको खबर सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका छन्।

राजीनामापछि पैसा लिएर विवाद नमिलाइदिएको भन्दै कलेजको तर्फबाट उनीसँग भेटघाट हुँदा गोप्य रुपमा रेकर्ड गरिएको भिडियो विभिन्न मिडियाले सार्वजनिक गरेका छन्। नेपाल खबरले सार्वजनिक गरेको भिडियोमा पाठकले घुस लिनु जीवनकै ठूलो गल्ती भएको भन्ने अभिव्यक्ति दिएका छन्। साथै उनले इन्जिनियरिङ कलेजका व्यक्तिसँग सबै काम आफू प्रमुख आयुक्त भएपछि हुने पनि उल्लेख गरेका छन्। पाठकले याे प्रकरणमा गाेपनियता राख्न नसकेकाे भन्दै पश्चताप पनि गरेका छन्।

सत्तारुढ नेकपाले महाअभियोगको तयारी गरेपछि पाठकले शुक्रवार राजीनामा दिएक थिए। उनको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरिसकेकी छिन्।

भिडियाे साैजन्यः नेपाल खबर






यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad