८ वैशाख २०८१ शनिबार
समाज

पत्रकार कुटिएको विरोधमा प्रदर्शन

सर्लाही - पत्रकार कुटिएको विरोधमा नेपाल पत्रकार महासंघसहित सञ्चारसम्बद्ध संस्थाले राजमार्गमा प्रदर्शन गरेका छन्।
हिजो अर्थात् माघ २९ गते सामुदायिक रेडियो सर्लाही हरिवनका स्टेसन म्यानेजर सोम दियालीमाथि भएको सांघातिक आक्रमणको उनीहरुले विरोध गर्दै बुधबार सर्लाहीको हरिवनस्थित पूर्व–पश्चिम राजमार्गमा  र्‍याली निकालेका छन्। 

नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल सर्लाहीसहितका तीन दर्जन बढी पत्रकारहरुको प्रदर्शनमा सहभागिता थियो। हरिवन बजारस्थित एनआईसी चोकबाट सुरु भएको र्‍याली झण्डै १ किलोमिटर पूर्व इलाका प्रशासन कार्यालय परिसरमा पुगेर विरोधसभामा परिणत भएको थियो।

सभालाई सम्बोधन गर्दै महासंघ सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुरले पत्रकार दियालीमाथि आक्रमणमा संलग्न दोषी अविलम्ब पक्राउ गरी कडा कानुनी कारबाहीको माग गरे। यसैबीच कांग्रेस सर्लाहीले समेत दियाली आक्रमण घटनाको घोर विरोध गरेको छ। बुधबार कांग्रेस सभापति नागेन्द्रकुमार रायले प्रेस विज्ञप्ति जारी गरी घटना गराउने र गर्ने जो सुकै भए पनि कानुनी दायरामा ल्याई अविलम्ब कारबाही प्रक्रिया अघि बढाउन स्थानीय प्रशासन र सरकारसँग जोडदार माग गरेका छन्। 

 

प्रकाशित: १ फाल्गुन २०७५ ११:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App