२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुई जनालाई ‘सनहाक शान्ति पुरस्कार–२०१९’

काठमाडौं – ‘सनहाक शान्ति पुरस्कार–२०१९’ बाट वारिज डिरिसिस र डा. अकिनउमी एदेसिना सम्मानित भएका छन्। भविष्यको पुस्ताका लागि शान्ति र कल्याणकारी क्षेत्रमा महत्वपूर्ण काम गर्ने व्यक्ति तथा संस्थालाई प्रदान गरिने यो पुरस्कार शनिबार दक्षिण कोरियाको लोट्टेस्थित होटल वल्र्डमा आयोजित समारोहमा प्रदान गरिएको हो।

वारिसलाई महिला र बालबालिकाको अधिकारका क्षेत्रमा वकालत गर्दै अथक योगदान दिएबापत उक्त पुरस्कारका लागि छनोट गरिएको हो। त्यस्तै कृषि अर्थशास्त्री डा. अदेसिनालाई विगत ३० वर्षदेखि कृषि क्षेत्रमा अन्वेषण गरेको र अफ्रिकामा खाद्य सुरक्षाका क्षेत्रमा काम गरेबापत पुरस्कार प्रदान गरिएको हो। दुवैले पुरस्कारबापत जनही पा“च लाख अमेरिकी डलर प्राप्त गरेका छन्।

वारिस सोमलियाको गरिब बाख्रापालक परिवारमा जन्मिएकी थिइन। विश्वस्तरीय सुपर मोडलका रूपमा परिचित उनले सन् १९९७ मा उनले पाँच वर्षको उमेरमै यौन अंग छेदनमा परेको दुःखद घटनाबारे विश्वलाई बताइन्। त्यसपछि उनी आवाजविहीनको आवाज बन्न सफल भइन्। यसले उनलाई अफ्रिकामा व्याप्त महिला यौन हिंसा तथा महिला यौन अंगमाथिको आक्रमणको अन्त्यका लागि मानवअिधकारकर्मी बन्न प्रेरित ग-यो। उनी महिला यौन अंगलाई छेदनलाई निर्मूल पार्न सन् १९९७ मा संयुक्त राष्ट्रसंघका लागि पहिलो विशेष दूतमा नियुक्त भइन। त्यसपछि उनी निरन्तर महिला यौन अंग छेदनविरुद्धको अभियान तथा महिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा योगदान दिदै आएकी छन्। उनकै अभियानका कारण अफ्रिकन युनियनका १५ सदस्यले त्यस्तो प्रचलन हटाउन मापुटो प्रोटोकल–२००३ मा सहमति गरे। सन् २०१२ मा राष्ट्रसंघको महासभाले यस्तो अभ्यासलाई निषेध गर्ने प्रस्ताव सर्वसम्मतले पारित ग-यो। उक्त प्रस्तावमा सन् २०३० सम्म यस्तो अभ्यासलाई पूर्ण रूपमा निर्मूल गर्ने लक्ष्य राखिएको छ। विश्व स्वास्थ्य संघको तथ्यांकअनुसार २० लाख महिला तथा बालिका यस्तो समस्याबाट प्रभावित छन्।

त्यस्तै डा. अदेसिनाले अफ्रिकामा आर्थिक सुधारमार्फत सुशासनको प्रवद्र्धन गर्दै गरिबीको रेखामुनी रहेका लाखौँ किसानलाई गरिबीबाट मुक्त गर्न सहयोग गरेका थिए। अफ्रिकामा खाद्य सुरक्षा तथा कृषि क्षेत्रमा अन्वेषणलगायतका क्षेत्रमा उनको महŒवपूर्ण योगदान रहेको छ। उनकै नेतृत्वमा अफ्रिकाको गतिशील विकासले सफलताको सिँढी चढिरहेको छ। हाल उनी अफ्रिकन विकास बैंक समूहका प्रमुख छन्।

प्रकाशित: २७ माघ २०७५ ०१:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App