२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सहायक रजिष्ट्रार पन्थी विरुद्ध मुद्दा

काठमाडौं– एक लाख घुस सहित पक्राउ परेकी कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत सहायक रजिष्ट्रार गीता कुमारी पन्थीविरुद्ध अख्तियारले बुधवार मुद्दा दर्ता गरेको छ। कम्पनी रजिष्ट्रारमा दर्ता भएको निजी स्कुललाई कम कर लगाउने भन्दै उनले घुस रकम मागेकी थिइन।

उनलाई अख्तियारले एक लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो। पक्राउ परेको एक लाख रुपैयाँलाई विगो कायम गर्दै अख्तियारले मुद्दा दर्ता गरेको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिएका छन्।  

प्रकाशित: २३ माघ २०७५ ११:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App