२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एपिएफको अपराजित यात्रा यथावत्

काठमाडौं –  एपिएफ क्लबले जारी १४औं रेडबुल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा बुधबार दोहोरो जित निकाल्दै आफ्नो अपराजित यात्रालाई जोगाइराखेको छ।

नयाँ बसपार्कस्थित आयोजक ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा दोस्रो लिगको सुरुआती दुई खेलमा एपिएफले जित निकाल्दै आफ्नो अपराजित यात्रालाई जोगाइराखेको हो। पहिलो खेलमा एपिएफले चितवन टाइग्रेसमाथि २५–७, २५–१३ र २५–१८ ले हराउँदै दोस्रो लिगमा सानदार सुरुआत गरेको थियो।

बुधबारकै दोस्रो खेलमा पनि एपिएफले दाङको श्रीगाउँ खेलकुद विकास समितिमाथि सफलता प्राप्त गर्दै जितलाई दोहोर्यायो। श्रीगाउँलाई २५–६, २५–११ र २५–१९ ले सहजै पराजित गरी एपिएफ १० खेलबाट ३० अंकसहित शीर्ष स्थानमा यथावत् रह्यो। एपिएफलाई नै उपाधि यात्रामा चुनौती दिइरहेको अर्को विभागी टोली नेपाल पुलिस क्लबले सामाखुसी बोर्डिङ स्कुल (सेब) लाई सोझो सेटमै पराजित गर्यो।

महिला भलिबलमा कान्छो विभागीय टोली त्रिभुवन आर्मीले पनि जित निकाल्दै विभागीय प्रतिद्वन्द्वीविरुद्ध दबाब कायमै राखेको छ। आर्मीले पनि एपिएफ र पुलिसबाहेक अन्यसँग हार बेहोरेको छैन।

भारतीय खेलाडीको साथमा रहेको सेबले चुनौती दिए पनि पुलिसले २५–१५, २५–१७ र २५–१७ ले निराश बनायो। १० खेल नै खेलेको पुलिसले पनि २७ अंक बटुल्दै एपिएफलाई पछ्याइरहेको छ। पुलिसले यसअघि पहिलो लिगमा एक मात्र खेल एपिएफसँग मात्र गुमाएको थियो।

महिला भलिबलमा कान्छो विभागीय टोली त्रिभुवन आर्मीले पनि जित निकाल्दै विभागीय प्रतिद्वन्द्वीविरुद्ध दबाब कायमै राखेको छ। आर्मीले पनि एपिएफ र पुलिसबाहेक अन्यसँग हार बेहोरेको छैन। दोस्रो लिगको दोस्रो खेलमा आर्मीले चितवन टाइग्रेसलाई २५–११, २५–१५ र २५–११ ले सहजै हरायो। आर्मी समान १० खेलमा २४ अंक बटुल्दै तेस्रो स्थानमा छ।

यता, बुधबार मात्र तीन खेल खेलेको चितवन टाइग्रेसले सबै खेल गुमायो। दिनको अन्तिम खेलमा पश्चिमाञ्चलविरुद्ध पनि चितवन २५–१३, २५–१६ र २५–१७ ले स्तब्ध हुँदै अंकविहीन बन्यो। कुल १० खेलमा पश्चिमाञ्चलले १३ अंक बटुल्दै लिगको चौथो स्थानमा उभ्याइरहेको छ।

एकै दिन तीन हार बेहोरेको चितवन भने १२ खेलमा ८ अंक बटुल्दै अन्तिम स्थानमा छ। त्यसअघि समान १० खेलबाट पाँचौंमा रहेको सेबले ११ अंक र छैटौंको श्रीगाउँले १० अंक बटुलेका छन्। बिहीबार चार खेलमा सेब र चितवन टाइग्रेस, पुलिस र पश्चिमाञ्चल, श्रीगाउँ र चितवन टाइग्रेस तथा एपिएफ र सेबबीच प्रतिस्पर्धा हुनेछन्।

प्रकाशित: १७ माघ २०७५ ०४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App