२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेशबाट श्रम स्वीकृति दिन सुरु

धनगढी - सुदुरपश्चिम प्रदेशको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयबाट पनि पुनः श्रम स्वीकृति दिन सुरु भएको छ। सदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले धनगढीस्थित कार्यालयबाट शुक्रवार पुनः मलेसिया जान लागेका कैलालीको गौरिगंगा नगरपालिका - ६ वनवेहडाका गोर्खबहादुर खवास र पुनः साउदी अरव जान लागेका कैलालीको धनगढी उपमहानगरपालिका - २ का दान सिंह बोहरालाई पुनः श्रम स्वीकृति प्रदान गर्दै सेवाकाे सुरुवात गरेका थिए।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागको कामलाई विकेन्द्रीत गर्ने अभियान अन्तरगत पहिलो चरणमा वैदेशिक रोजगारीमा जानेलाई प्रदेश कार्यालयहरुबाट पुनः श्रम स्वीकृति दिन थालेको हो। यसअघि प्रदेश–२ को जनकपुर, प्रदेश ५ को बुटवल, प्रदेश ४ को पोखरा र कर्णाली प्रदेशको सुर्खेतबाट सेवा सुरु भइसकेको छ। 

 

प्रकाशित: ११ माघ २०७५ १२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App