२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

विधेयक पारित गर्ने तयारी

काठमाडौं – प्रतिनिधिसभाको मंगलबारको बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी भएको छ। सोमबारको बैठक कांग्रेसले अवरुद्ध गरेपछि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो। सोमबारको कार्यसूचीमा यो विधेयक पारित गर्ने उल्लेख थियो। मंगलबार भने कांग्रेसले अवरोध गरे पनि बैठक सञ्चालन गर्ने तयारीमा सभामुख रहेको स्रोतले बताएको छ।

सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आआफ्ना सांसदलाई सोमबारको बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेका थिए। दुवै पक्षले मंगलबारको बैठकका लागि पनि ह्विप जारी गरेका छन्। काँंग्रेस नेता गगन थापाले जबरजस्ती विधेयक पारित गर्न खोजेर मुठभेड निम्त्याउन खोजे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताए। उनले भने, ‘विधेयक जबरजस्ती पारित गन खोजेमा कांग्रेसले संसद्को सीमाभित्र रहेर प्रतिरोध गर्नेछ।’

प्रकाशित: ८ माघ २०७५ ०१:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App