२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरीलाई प्रशिक्षण

प्रहरी प्रधान कार्यालयले बुधबार सर्लाहीको लालबन्दीमा आयोजना गरेको प्रशिक्षणमा सहभागी प्रहरी अधिकृतहरू। तस्बिरः टंक/नागरिक

सर्लाही – नेपाल प्रहरीले आफ्ना अधिकृतलाई समुदाय–प्रहरी साझेदारी कार्यक्रमबारे प्रशिक्षण दिएको छ। बुधबार लालबन्दीमा सर्लाही र रौतहटका जिल्ला प्रहरी प्रमुखदेखि हरेक एकाइका प्रमुखसम्मलाई भेला गराई प्रशिक्षण दिइएको हो।

कार्यक्रममा सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) पोषराज पोखरेल, रौतहट जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार ढकाल, २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, डिएसपी दानबहादुर थापासहित दुवै जिल्लाका प्रहरी नायब उपरीक्षक(डिएसपी), प्रहरी निरीक्षक(इन्स्पेक्टर) तथा जुनियर प्रहरी अधिकृतहरूको सहभागिता थियो।

प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयबीचको साझेदारी एवं समन्वयमा समाजमा शान्ति सुरक्षा कायम गर्ने तथा कुनै घटना भइहाले पनि सफल अनुसन्धान गरी दोषी पक्राउ गर्न सकियोस् भन्ने उद्देश्यले समुदाय–प्रहरी साझेदारी कार्यक्रम लागू गरिएको छ। यसबारे आफ्ना संगठनभित्रकै अधिकृतहरूलाई विस्तृत जानकारी गराउन प्रशिक्षण आयोजना गरिएको नेपाल प्रहरीका प्रवक्ता, एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

‘सामाजिक सञ्जालबाट हुने अपराध तथा अन्य आपराधिक गतिविधि नियन्त्रण तथा सफल अनुसन्धान गर्न जबसम्म समुदायको साथ रहँदैन तबसम्म नेपाल प्रहरी सफल हुँदैन,’ प्रवक्ता सुवेदीले भने। प्रहरी महानिरीक्षकको सचिवालयले आयोजना गरेको कार्यक्रममा एसएसपी सुवेदी, एसपी सविन प्रधान र इन्स्पेक्टर मनोज रानाले सहजीकरण गरेका थिए।

प्रकाशित: २६ पुस २०७५ ०१:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App