२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पर्यटनमन्त्रीले बाेलाए पत्रकार सम्मेलन, राजीनामा नदिने

काठमाडौं– वाइड बडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पत्रकार सम्मेलन बाेलाएका छन्। नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडी जहाज बारे उठेका समसामयिक विषयबारे जानकारी दिन आज विहान १० बजे मन्त्री अधिकारी, सचिव र सम्बद्ध अधिकारीको उपस्थितीमा पत्रकार सम्मेलन हुने पर्यटन मन्त्रालयले जनाएको छ। 

पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले राजीनामा नदिने उनकाे सचिवालयले जनाएकाे छ। राजीनामाबारे मन्त्री अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेर नदिने निर्णयमा पुगेका हुन्। पार्टीका नेताहरूले भने राजीनामा दिएर छानविनमा सघाउनुपर्ने माग गर्दै आएका थिए। यद्यपी नेकपाका एक उच्च नेताले पदीय नैतिकताका आधारमा मन्त्री अधिकारीले राजीनामा घोषणा गर्न सक्ने सम्भावना रहेकाे बताएका थिए। तर मन्त्रीकाे सचिवालयले राजीनामा नदिने स्पष्ट पारेकाे छ। 

यता पर्यटन मन्त्रालयले पनि ट्वीटरमार्फत मन्त्रीकाे राजीनामाकाे कुनै तयारी नभएकाे जनाएकाे छ। 

यसैबीच वाइड बडीबारे संसदीय उपसमितिले तयार पारेकाे प्रतिवेदनकाे टुंगाे लगाउन आज ११ बजे सार्वजनिक लेखा समितिकाे बैठक बस्दैछ। बैठकमा मन्त्रीलाई कारवाही तथा सचिव र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन सिफारिस गर्ने तयारी छ।

प्रकाशित: २२ पुस २०७५ १५:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App