२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल टिम च्याम्पियन

काठमाडौं- भारतमा भएको दोस्रो दक्षिण एसियाली क्योकुसिन कराते च्याम्पियनसिपमा सोमबार नेपाल टिम च्याम्पियन भएको छ।

भारतको पश्चिम बंगालस्थित रानीगन्जमा भएको च्याम्पियनसिपमा नेपाली टिमले तीन स्वर्ण, दुई रजत र ४ कांस्य पदक जित्दै टिम च्याम्पियनको उपाधि उचाल्न सफल भएको नेपाल क्योकुसिन बुदोकाइ कराते संघका संस्थापक एवं प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदीले जानकारी दिए।

पुरुष र महिला खुलातर्फ दुवैमा नेपालका खेलाडीले स्वर्ण पदक दिलाएका थिए । महिलातर्फ सुस्मी श्रेष्ठ र पुरुषतर्फ निर्मलबहादुर केसी स्वर्ण पदक जित्न सफल भए ।  पुरुष ५५ केजी तौलमसमूहमा विश्व लामाले पनि स्वर्ण पदक दिलाउन सफल भए।

महिला खुलामा पवित्रा चौधरी र पुरुष ५५ केजीमा सोमबहादुर थापाले रजत पद जिते । महिला खुलामै निशा घलान, पुरुष ५५ केजी तौलमसमूहमा अरुन मोक्तान, पुरुष ७५ केजीमा गणेश अधिकारी र पुरुष खुलामा जमुन शाहले नेपाललाई कांस्य पदक दिलाए।

नेपाली टोलीको प्रशिक्षकमा धनबहादुर तामाङ र सुशील कार्की थिए । कुल २६ सदस्यीय नेपाली टोलीले सहभागिता जनाएको प्रतियोगितामा भारत, बंगलादेश, अफगानिस्तान, श्रीलंका र माल्दिभ्सका खेलाडीले चुनौती प्रस्तुत गरेका थिए। 

 

प्रकाशित: १० पुस २०७५ ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App