२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

रवि इन्दरकाे उत्कृष्ट ब्याटिङमा भैरहवाकाे एेतिहासिक जित

काठमाडाैं - रवि इन्दर सिंहको विष्फोटक सतकीय पारीमा भैरहवा ग्लाडियटर्सले काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा ऐतिहासिक जित हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा सम्पन्न आइतबारको दोस्रो खेलमा लिगकै हालसम्मको सर्वाधिक उच्च स्कोर पछ्याउने क्रममा भैरहवाले ४ विकेटको जित दर्ता गरेको हो। पोखरा राइनाेजले दिएको २ सय १६ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाले १९ दशमलव ४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो।

इपिएलकै हालसम्मकाे सर्वाधिक व्यक्तिगत स्काेर बनाउने क्रममा भैरहवाका रवि इन्दरले अविजित रहँदै १ सय २५ रन बनाए। ६० बलकाे सामना गरेका उनले ८ चाैका र १० छक्का प्रहार गरे। यस्तै अारिफ शेखले २३ तथा पुनित मेहराले समेत अविजित १८ रन बनाए। पाेखराका विक्रम शाेब, सुशन भारी र पउल कग्लिनले समान २/२ विकेट लिए।

यसअघि टस जित्दै पहिले ब्याटिङ गरेकाे पाेखराले उच्च याेगफल बनाउने क्रममा निर्धारित २० अाेभरमा ५ विकेट गुमाउँदै २ सय १५ रन बनाएकाे हाे। पाेखराका लागि रिचर्ड लेभिले उत्कृष्ट ब्याटिङ गरेका थिए। ३६ बलमा उनले ७ चाैका र ७ छक्काकाे मद्दतमा ७९ रन बनाएका थिए। पहिलाे विकेटका लागि सतकीय साझेदारी गरेकाे पाेखराका लागि अर्का अाेपनर तथा कप्तान केल काेट्जरले ४७ रन जाेडे। यस्तै सुनिल धमलाले ३८ तथा पउल कग्लीनले अविजित २० रन जाेडे।

लिग तेस्राे संस्करण सम्म अाइपुग्दा कुनै पनि टिमले २०० रनको योगफल पार गरेको यो नै पहिलो पटक हो। यस अघि लिगको पहिलो संस्करण २०१६ मा शरद कप्तानीकाे टिम पन्चकन्या तेजले सगरमाथा लेजेन्ड्स बिरुद्ध तयार पारेकाे १८५ रनको योगफल नै इपिएलको सर्वाधिक योगफल थियो।

प्रकाशित: २३ मंसिर २०७५ १०:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App