२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भिमलाई रक स्पोटर्सको साथ

काठमाडौं – भारतीय क्रिकेट सामाग्री  उत्सादन कम्पनी रक स्पोटर्सले नेपाली यु– १९ टोलीक भिम सार्कीलाई ३ वर्षको लागि प्रायोजन गरेको छ। सम्झौताअनुसास रक स्पोटर्सले सम्झौता अवभीभर भिमलाई क्रिकेट सामाग्री उपलब्ध गराउने छ।

भिमले सेम्टेम्बरमा ढाका सम्पन्न यु–१९ एसिया कपमा नेपालको प्रतिनिधित्व गरेका थिए । त्यस्तै उनले हालै पोखरामा सम्पन्न पोखरा प्रिमियर लिग(पिपिएल) मा बुटलब ब्लास्टरबाट सर्वाधिक रन बनाउने खेलाडी  थिए। भिमले  मंसिर २२ बाट सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सबाट खेल्नेछन्।

भारतको चर्चित क्रिकेट साम्राग्री उत्पादन कम्पनी रक स्यार्टस्ले यसअघि चर्चित भारिय खेलाडी सचिन तेन्दुलकर,महेन्द्रसिंह धोनी, रोबिन उत्थपा,युवराज सिंह र विरेन्द्र सहवागजस्ता खेलाडीलाई प्रायोजन गरेको थियो।

‘म धेरै खुशी छु।यो मेरो पहिलो प्रायोजन सम्झौता हो।यस सम्झौताले मेरो मनोबल बढेको छ,’भिमले भने,  ‘आगामी दिनमा थप सुदुण प्रदर्शन गर्नेमा विश्वस्त छु।’

प्रकाशित: १५ मंसिर २०७५ ०४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App