‘हप्ताभित्र वाइड बडी खरिदको विस्तृत विवरण बुझाउनू’

बिहिबार, १३ मङि्सर २०७५, १३ : ०१ अर्जुन तामाङ

92


काठमाडौं – सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमले खरिद गरेको दुइटा वाइड बडी विमानको विषयमा विस्तृत प्रतिवेदनसहित राय बुझाउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ। समितिको बुधबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो।

निगमले दुई जहाज २४ अर्ब रुपैयाँमा खरिद गर्दा ६ अर्ब ५९ करोड रुपैयाँ घोटाला गरेको कुरा बाहिर आएपछि लेखा समितिले गत आइतबार पनि निगम र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई यस विषयमा सोधेको थियो। तर, चित्त बुझ्दो जवाफ नआएपछि लेखा समितिले बुधबार वाइड बडी सार्वजनिक खरिद ऐन बमोजिम भए–नभएको विषयमा डिटेल प्रतिवेदन बुझाउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको हो ।

समितिका सभापति भरतकुमार शाहले वाइड बडी विमान खरिद सार्वजनिक खरिद ऐनको विधि र प्रक्रिया अनुसार भए, नभएको खुल्ने गरी समितिमा सुझावसहितको प्रतिवेदन पेस गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिए।

समितिको बैठकमा सहभागी सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मीले वाइड बडी खरिदको सम्बन्धमा अहिलेसम्म कुनै छलफल नभएको बताए।

‘नेपाल वायुसेवा निगमले वाइड बडी खरिद गर्दा औपचारिक रुपमा कुनै छलफल भएको छैन। कसरी खरिद गरियो भन्ने कुरा प्रश्नकै विषय हो,’ सचिव रेग्मीले भने, ‘सार्वजनिक खरिद ऐन अनुसार जहाज खरिद भयो, भएन भन्ने कुरा अध्ययनले देखाउने छ। समितिले दिएको समय सीमाभित्र तथ्य प्रस्तुत गर्नेछौं।’

यस्तै, सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक रामचन्द्र शर्माले सार्वजनिक खरिद ऐनमा ब्रान्डको नाम तोक्न नपाउने व्यवस्था भएको बताए। उनका अनुसार निगमले जहाज खरिद गर्दा ब्रान्ड तोकेको भेटिएको छ।

सार्वजनिक खरिद ऐन अुसार कुनै पनि वस्तु सिधै निर्मातासँग किन्नुपर्छ भन्ने व्यवस्था नभएको उनले प्रस्ट्याए। ‘एयरबस किन्ने हो भने प्रतिस्पर्धा गर्न जरुरी थियो कि थिएन भनेर सम्बन्धित निकायले हेर्नुपर्छ। निर्माता कम्पनी एउटै हो भने प्रतिस्पर्धा गराउन आवश्यक छैन,’ निर्देशक शर्माले भने, ‘यो विषय यत्रतत्र छरिएको छ। यसलाई सूक्ष्म अध्ययन गर्नैपर्छ।’

गत आइतबार बसेको समितिको बैठकमा सभापति शाहले वाइड बडी विमान खरिदमा ६ अर्ब घोटाला देखिएको दाबी गरेका थिए। २४ अर्ब रुपैयाँमा खरिद गरिएको वाइड बडी विमानमा ठूलो आर्थिक चलखेल भएको आशंका छ।

नेपाल वायुसेवा निगमको नयाँ वाइड बडी विमान गत साउन १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो। युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित ए ३३०–२०० सिरिजको कल साइन ९एन–एएलजेड हो। निगमले यसलाई मकालु नाम दिएको छ।

निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ गत असार १४ गते नेपाल आइपुगेको थियो। दुई सय ७४ सिट क्षमताको वाइड बडीमा १८ वटा बिजनेस र दुई सय ५६ सिट साधारण क्लासका छन्।

१० करोड ४८ लाख अमेरिकी डलरका ती विमान खरिदका लागि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग १२–१२ अर्ब रुपैयाँ ऋण लिएको छ। दुवै विमान निगमले अमेरिकी कम्पनी एएआरसँग खरिद गरेको हो।

‘वायुसेवा निगमलाई ऋण दिन सकिन्न’
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले नेपाल वायुसेवा निगमलाई ऋण दिन नसक्ने बताएका छन् । केही समअघि श्वेतपत्रमार्फत निगमले सरकारसँग २० अर्ब रुपैयाँ माग गरेको पृष्ठभूमिमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री अधिकारीले ऋण दिन नसक्ने बताएका हुन्।

निगम अहिले घाटामा रहे पनि सरकारले सहयोग नगर्ने मन्त्री अधिकारीले बताए । ‘निगम आफैंले कमाएर तिर्ने हो । सधैं ऋण दिएर हुँदैन,’ उनले भने । पर्यटन मन्त्री अधिकारीले वाइड बडी विमान खरिद प्रकरणमा गलत भेटिए जोसुकै पनि सजायको भागिदार हुनुपर्ने बताए।

छानबिनको प्रतिवेदन आएपछि मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाउने उनको भनाइ छ । निगमलाई कमजोर पार्ने काम कसैले गर्न नहुने भन्दै निगमलाई जहाज किन्ने क्रममा अनियमितता भएको भए नछोडिने मन्त्री अधिकारीको भनाइ थियो।

अनिमियतता भएको भन्दै निगमलाई कमजोर बनाउने उद्देश्यले प्रचारबाजी नगर्न पनि उनले आग्रह गरे । ‘जसले अनिमियतता गरेको छ उसलाई कारबाही हुन्छ सोध भर्ना गराइन्छ,’ उनले भने । नेपाल वायुसेवा निगमलाई अन्य अन्तर्राष्ट्रिय एयरलाइन्ससँग प्रतिस्पर्धी बनाउन कार्यान्वयनका साथ लागेको समेत उनको दाबी थियो।

अहिले वाइड बडी हटकेकको रुपमा आएको भन्दै यसको सम्पूर्ण काम कारबाही अघिल्लो सरकारले गरेको भए पनि यसको सत्य–तथ्य बाहिर आएपछि सरकारले कारबाही प्रक्रिया अघि बढाउने उनले जानकारी दिए।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...

१६ वटा क्यामरा भएको स्मार्टफोन

१६ वटा क्यामरा भएको स्मार्टफोन

यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ | ...

एल्मुनियम र काठको विकल्पमा युपिभिसी (uPVC)

एल्मुनियम र काठको विकल्पमा युपिभिसी (uPVC)

झ्याल–ढोका निर्माण गर्नलाई एल्मुनियम र काठका साथै अहिलेको निकै चर्चामा रहेको विकल्प हो– युपिभिसी । ...

आइफोनमा स्टोरेज बचत गर्ने तरिका

आइफोनमा स्टोरेज बचत गर्ने तरिका

अब किनिसकेको १६ जिबी आइफोनमा चल्ने कसरी ? यी हुन् स्टोरेज बचाउने टिप्स र विकल्प ! ...