२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

धर्म प्रचारक आइएनजिओको कार्यक्रममा सहआयोजक नबन्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं– प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार सहआयोजक बनेर एसिया प्यासिफिक समिट गर्न लागेकोप्रति असन्तुष्टि जनाएको छ। शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले धर्म प्रचार गर्ने आइएनजिओका कार्यक्रममा सह आयोजक हुनुले सरकार कहाँ छ भन्ने पुष्टि भएको बताएका हुन्। 

सरकार यति कमजोर र दुब्लो भइसकेको हो भन्ने प्रश्न गर्दै शर्माले सरकार हत्या तथा हिंसाका दोषीलाई कारवाही गर्न नसक्ने सरकार आइएनजिओका कार्यक्रममा देखिन थालेको आरोप लगाए। ‘वर्तमान सरकार कहाँ छ भनेर खोजिरहेको थिएँ,’ उनले भने, ‘सरकार एनजिओको कार्यक्रम भेटेँ।’

धर्मनिरपेक्ष देशको सरकार धर्म प्रचार गर्ने एनजिओलाई आयोजक र आफु सहआयोजक भएर भेटिनु सुखद नभएको जिकिर गर्दै भने, ‘आइएनजीओको कार्यक्रममा सरकार सहआयोजक भएर संविधानकै संविधानको बर्खिलाप भएको छ। पहिलो र अन्तिम कुरा देश हो त्यस विपरित नहिंड्न सरकारलाई सचेत गराउँछु।’

क्रिश्चियन धर्म विस्तारमा काम गर्दै आएको युनिर्भसल पिस फेडरेसन (युपीएफ)को नेपाल शाखाको आयोजना मंसिर १५ र १६ गते काठमाडौंमा सम्मेलन हुँदैछ। 

प्रकाशित: ८ मंसिर २०७५ १३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App