२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

२८ हजार अमेरिकी डलरसहित दुई पक्राउ

रसुवा – अवैध रूपमा अमेरिकी डलर ओसारपसार गर्ने दुई जना पक्राउ परेका छन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६, त्रिशूली खोलाबाट २८ हजार ६ सय रुपैयाँ अमेरिकी डलरसहित दुई जना पक्राउ परेका हुन्।

प्रहरीका अनुसार चितवनको रत्ननगर नगरपालिका–७, टाँडीका ५३ वर्षीय श्रीराम चौधरी र रौतहटको गुजरा नगरपालिका–९, सिमरा भवानीपुरका ३२ वर्षीय विकास प्रसाद चौधरी पक्राउ परेका हुन्।

काठमाडौंबाट रसुवागढी जाँदै गरेको बा १ य १४४६ नम्बरको स्कार्पियो चेकजाँचका क्रममा उनीहरूलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय (रसुवा)ले जनाएको छ।

पक्राउ परेका दुवैलाई राजश्व अनुसन्धान कार्यालयमा बुझाइने प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले बताए । चौधरीको साथबाट २६ हजार ८ सय र विकास प्रसाद चोधरीको साधबाट १ हजार ८ सय अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूले रसुवामा बसाइँसराइ गरेर चाइना पास समेत बनाएका छन् । उनीहरूलाई शनिबार बिहान पौने ९ पक्राउ गरिएको हो।

प्रकाशित: २ मंसिर २०७५ ०४:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App