२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विकासको दायित्व कर्णालीवासीकै हातमा : मुख्यमन्त्री शाही

फाइल तस्बिर

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकासको दायित्व कर्णालीवासीकै हातमा रहेको वताएका छन्। कर्णालीको विकास कर्णालीकै नागरिकको ईच्छाशक्तिमा भर पर्ने भन्दै मुख्यमन्त्री शाहीले अरुको मुख ताकेर कर्णालीको विकास नहुने वताए।

छायानाथ रारा नगरपालिकाको आयोजनामा शनिवार मुगुको गमगढीमा भएको मदिरा निषेधित नगर घोषणा कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासको लागि आर्थिक श्रोतको अभाव नहुने वताए। ‘प्रदेश सरकार आर्थिक श्रोतको व्यवस्थापनमा लागिरहेको छ, मुख्यमन्त्रीको हैसियतमा दातृ निकाय तथा लगानीकर्ताहरुसंग गरिएका छलफलहरु असाध्यै सकारात्मक दिशामा अगाडि वढिरहेको छन्’ मुख्यमन्त्री शाहीले भने, ‘श्रोतको सदुपयोग र दिगो विकासको सामुहिक प्रतिवद्धताको जरुरी छ।’

विकासका लागि आएको श्रोतमा आँखा लगाउने प्रवृत्ति रहेको वताउदै मुख्यमन्त्री शाहीले भ्रष्टाचारको मानसिकता अन्त्य नगरि प्रदेश समृद्ध बनाउन नसकिने बताए।

आफ्नो चिन भ्रमणका क्रममा भएको सहमति अनुसार चाईना रेलवे कम्पनीले हिल्सा–जमुनाहा दृतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययनको काम सुरु गरिसकेको जानकारी दिदै मुख्यमन्त्री शाहीले ६ महिना भित्र सम्भाव्यता अध्ययन प्रतिवेदन प्रदेश सरकारको हातमा आउने र दृतमार्ग निर्माण अगाडि वढ्ने वताए। कर्णालीको जीवनरेखाका रुपमा रहेको हिल्सा–जमुनाहा दृतमार्ग निर्माणसँगै कर्णालीको विकास र समृद्धिको ढोका खुल्ने मुख्यमन्त्री शाहीकाे भनार्इ छ। 

कर्णालीको विकासका लागि अन्तर्राष्ट्रिय सिमा नाका संचालनकाे आवश्यक गृहकार्य भईरहेको उनले बताए। हुम्लाको हिल्सामा भर्खरै अध्यागमन कार्यालयको स्थापना भएको भन्दै मुख्यमन्त्री शाहीले हिल्सासंगै मुगुको नाक्चेलाग्ना र डोल्पाको धो मरिम गरि तिनवटा अन्तर्राष्ट्रिय सिमा नाका संचालन गर्न प्रदेश सरकार लागि परेको वताए। 

मुख्यमन्त्री शाहीले नाग्मा–गमगढी सडकलाई तत्काल दुई लेन सडकका रुपमा कालोपत्रे गर्न विश्व वैंकसंग छलफल भएको खुलाए। राराको पर्यटन विकासको लागि पनि यो सडकको स्तरोन्नती जरुरी रहेको वताउँदै मुख्यमन्त्री शाहीले त्यसका लागि विश्व वैंकबाट समेत प्रतिवद्धता प्राप्त भएको जानकारी दिए।

प्रकाशित: १ मंसिर २०७५ १३:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App