२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सफ्टवेरिकालाई कोभेन्ट्रीको सम्बन्धन

काठमाडौं – सफ्टवेरिका कलेज अफ आइटी एन्ड ई–कमर्सले गार्जियन लिग टेबलमा १३औं नम्बरमा रहेको कोभेन्ट्री विश्वविद्यालयसँग सम्बन्धन लिँदै नेपालमै अन्तर्राष्ट्रियस्तरको डिग्रीका विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। कोभेन्ट्री विश्वविद्यालयसँगको यो सम्बन्धनपछि अब सफ्टवेरिकामा बिएससी कम्प्युटिङ र बिएससी इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटीको अध्यापन गराइने कलेजले जनाएको छ।

कलेज प्रमुख प्रमोद पौडेलका अनुसार यी दुई कोर्स सफ्टवेरिकामा २०१९ को फ्रेबुअरीदेखि सुरु हुनेछन्। त्यसका लागि भर्ना अभियान सुरु भइसकेको कलेजको भनाइ छ । पौडेलले १२ कक्षा उत्तीर्ण भएका विद्यार्थीले यो विषय अध्ययन गर्न पाउने जानकारी दिए । यो कोर्स अध्ययनपछि विद्यार्थीको शैक्षिक योग्यता बेलायतका कलेजको सरह हुने कलेजको विज्ञप्तिमा उल्लेख छ।

सफ्टएड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले नेपाललाई प्रविधि अध्ययनमा दक्षिण एसियाकै हब बनाउने उद्देश्य कलेजले लिएको बताए।

सफ्टवेरिका कलेजले यसअघि पनि बेलायती शिक्षण पद्धति तथा डिग्रीलाई नेपालमा अध्यापन गराउँदै आएको छ । सन् २०१० देखि बेलायती डिग्रीलाई नेपालमा अध्यापन गराइरहेको सफ्टवेरिकाका लागि कोभेन्ट्री विश्वविद्यालयसँगको यो सम्बन्धनले नेपालमा शिक्षाको गुणस्तर विकास गर्न थप सहयोग पुग्ने दाबी कलेजको छ।

कोभेन्ट्री विश्वविद्यालय गुणस्तरीय शिक्षामा स्थापित नाम हो । उसको लामो अनुभव र स्रोत साधनको उपलब्धतालाई नेपाली विद्यार्थीलाई आफ्नै देशमा उपलब्ध गराउन पाउनुले नेपाली शिक्षाको विकासमा थप सहयोग गर्नेमा विश्वस्त हुन सकिने श्रेष्ठ बताउँछन्।

प्रकाशित: ३० कार्तिक २०७५ ०३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App