२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

धनराजको ‘जरुवाजल’

चितवन – गजलकार धनराज गिरीको गजलसंग्रह ‘जरुवाजल’ सार्वजनिक भएको छ । गिरीले संग्रहमा माया, प्रेम, समय, समाजका विषयवस्तुलाई गजलमार्फत प्रस्तुत गरेका छन्।

पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार रमेश प्रभातले मिश्रित शैलीमा लेखिएका गजलले नेपाली समाजको विश्लेषण गर्ने बताए । उनले व्यंग्यात्मक शैलीमा लेख्न रुचाउने साहित्यकार गिरीले पछिल्लो संग्रहमा सरल शैलीका गजललाई प्रस्तुत गरिएको टिप्पणी गरे ।  ‘नेपाली समाज कस्तो छ भनेर गजलमा आउँछ’, उनले भने, ‘समाजशास्त्रीय विश्लेषणसमेत यसमा रहेको छ।’

गजल मञ्च चितवनले आयोजना गरेको कार्यक्रममा साहित्यकार प्रभातले जवान मनले जवानका लागि जवान गजल ल्याएको समिक्षा गरे । साहित्यकार गिरीले यसअघि चार पुस्तक प्रकाशित गरेका छन् । संयुक्त लेखनमा पाँच पुस्तक प्रकाशन गरेका छन् । शिखा बुक्सले प्रकाशन गरिएको गजल संग्रहको मूल्य १२० रुपैयाँ रहेको छ।

प्रकाशित: २८ कार्तिक २०७५ ००:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App