२६ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रविधि

नेपाल आइजिएफ शुक्रवारदेखि

काठमाडौं- इन्टरनेट प्रविधि सम्बन्धित बहुपक्षिय सरोकारवालाहरूको दुई दिने राष्ट्रिय फोरम ‘नेपाल आइजिएफ २०१८’ शुक्रबारदेखि काठमाडौंमा हुने भएको छ।

सरकार, निजी क्षेत्र, नागरिक समाज र आम इन्टरनेट प्रयोगकर्ता सहभागी हुने फोरमका लागि यो वर्ष ‘सहज पहुँच, सुलभ र सुरक्षित इन्टरनेट’ नारा तय गरिएको छ। फोरममा १८ वटा विधागत प्रस्तुति र छलफल तय भएको आयोजकद्वारा जारी विज्ञप्तिेमा जनाइएको छ।

हरेक वर्ष आयोजना हुने यस्तो फोरमको यस वर्ष मुख्य आयोजक इन्टरनेट सोसाइटी नेपाल र सह आयोजकमा इन्टरनेट गभरनेन्स इन्सिच्युट छनौट भएका छन्।

विद्युतीय अर्थतन्त्र, साइबर सेक्युरिटी, पुर्बाधार विकास, फेक न्युज र सामाजिक सञ्जाल जस्ता विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल हुने छ।

फेसबुक, अन्तराष्ट्रिय इन्टरनेट गभरनेन्स् फोरम, आइक्यान, एपिनिक जस्ता अन्तराष्ट्रिय प्रविधि संस्थाहरूको समेत सहभागिता रहने जनाइएको छ।

प्रकाशित: १५ कार्तिक २०७५ १४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App