२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लैनचौरमा माइक्रो बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

काठमाडौं – काठमाडौंको लैनचौरस्थित खानी विभाग अगाडिको सडकमा आज विहान ६ बजे माइक्रो बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

महानगरीय प्रहरी वृत दरबारमार्गका अनुसार बा २ ख २०६८ नम्बरको माइक्रो र बा ६४ प ९२८४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक नुवाकोट टुपचे–७ का अन्दाजी २८ वर्षीय प्रकाश तामाङको मृत्यु भएको हो। यस्तै मोटरसाइकल पछाडि सवार सोह्रखुट्टे बस्ने सजु थापा घाइते भएकी छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न सवारी साधनसहित माइक्रो चालकलाई महानगरीय प्रहरी वृत दरबारमार्गले नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित: १३ कार्तिक २०७५ ०४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App