२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जापान पठाउने भन्दै ठगी गर्ने कोइराला पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै युवाहरुबाट रकम असुल गर्ने गरेको अभियोगमा दोलखाका ३७ वर्षीय दिनेश कोइरालालाई प्रहरीले पक्राउ गरेको छ।

कोइरालाले खोटाङ दिप्रुङका श्याम खड्काबाट १९लाख रुपैयाँ आसुलेको पाइएको महानगरीय प्रहरी अपराध महासाखाले जनाएको छ।
कोइरालालाई महासाखाको टोलीले सोमबार काठमाडौको बालुवाटारबाट पक्राउ गरेको हो। अनुसन्धानका क्रममा  कोइरालाले अन्य व्यक्तिबाट पनि विदेश पठाउने, जग्गा खरिद गर्ने, व्यापार गर्नेलगायतका बहानामा ठूलो रकम उठाउने गरेको पाइएको महासाखाले जनाएको छ।

खड्कासंग रकम लिएर जापान नपठाएपछि कोइरालाले रकम नभएको खाताको १९लाख रुपैयाँको चेक दिएको आधारमा बैंकिङ कसूर मुद्दामा आवश्यक कारबाही अघि बढाइएको महानगरीय प्रहरी प्रभाग टेकुले जनाएको छ। कोइरालाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: ७ कार्तिक २०७५ ०७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App