काठमाडौं–सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
यसअघि उनी टेलिकममा प्रमुख प्राविधिक अधिकृतका रूपमा कार्यरत थिइन्। उनी जिएसएम नेटवर्ककाे विशेष दक्ष मानिन्छिन्।
यसैगरी मन्त्रिपरिषद बैठकले दुई वर्षभित्र हलिया मुक्तको काम सम्पन्न गर्ने निर्णय गरेको सूचना तथा सचारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए। यसैगरी बैठकले उच्च अदालत गठन भएका सातवटै प्रदेशमा न्यायाधिवक्ताको कार्यालय गठन गर्ने निर्णय गरेको छ।
प्रकाशित: ६ आश्विन २०७३ ११:५० बिहीबार