२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

माछा मार्न गएका युवककाे बगेर मृत्यु

जुम्ला–जिल्लाको रारालिही गाविस– ३ मा रहेको तिला नदीमा माछा मार्न गएका एकको बगेर मृत्यु भएको छ।  चन्दननाथ नगरपालिका– ५ का ४३ वर्षीय मनबीर सार्कीको बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक कलेन्द्र विक्रम शाहीले जानकारी दिए । उनका अनुसार विहान सार्की माछा मार्न जाँदा एक्कासी तिला नदीनमा खसेका थिए ।    

तीन घण्टापछि मृतक सार्कीको शव भेटिएको र प्रहरी मुचुल्का बनाएर शवलाई सदरमुकाम ल्याइएको उनले बताए । प्रहरी निरीक्षक सेजुवालले भने स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोली सार्कीको शव खोजी गरेका थिए। सदरमुकाम खलंगामा पर्ने चन्दननाथ नगरपालिकाका सार्की घुम्दै रारा पुगेका थिए ।   

 

प्रकाशित: ५ आश्विन २०७३ ०५:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App