२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

साढे चार किलो गाँजासहित दुईजना पक्राउ

धादिङ – धादिङको वेनिघाट रोराङ गाउँपालिका ४ रुदिन गाउँमा प्रहरीले साढे चार किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

लुकाई छिपाई राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ठाकुराम पर्जा र देवबहादुर सार्की रहेका छन्।

दुवै जनालाई नियन्त्रण लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

प्रकाशित: २० आश्विन २०७५ ०१:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App