२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

काठमाडौं – संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन न्यूयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली आज श्वदेश फिर्ता हुँदैछन्। 

पत्नी राधिका शाक्यसहित २१ जना उच्च पदस्थ अधिकारीको नेतृत्व गर्दै असोज ६ गते न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री ओली आज दिउँसो ३ः४५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। अमेरिकामा रहँदा ओलीले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकारका प्रमुखसँग औपचारिक एवं अनौपचारिक भेटवार्ता गरेका थिए। 

महासभापछि प्रधानमन्त्री ओलीले कोस्टारिकाको समेत भ्रमण गरेका थिए। कोस्टारिका भ्रमणका अवसरमा उनले त्यहाँको शान्ति विश्वविद्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका थिए।

प्रकाशित: १८ आश्विन २०७५ ०४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App