२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

लिभरपुललाई निराश पार्ने दाउमा चेल्सी

यार्गोन क्लोप

लन्डन – शनिबार घरेल मैदान स्टाम्फोर्डब्रिजमा लिभरपुललाई आतिथ्यता प्रदान गार्द चेल्सी पुन एक पटक यार्गोन क्लोपको टोलीलाई निराश पार्ने लक्ष्यमा हु्नेछ । त्यस्तै म्यानचेस्टर युनाइटेडले शनिबार वेस्ट ह्यामको सामना गर्दा प्रशिक्षक जोजे माउरिन्हो र मिडफिल्डर पाउल पोग्बाबिचको वाकयुद्धको शृंखलाले निरन्तरता पाउछ वा पूर्णविराम लाग्छ भन्ने सबैको लागि चासोको बिषय बन्ने छ।

बिहिबार सम्पन्न इङलिस कपको तेस्रो चरणमा इडेन हाजार्डको निर्णायक गोलमा चेल्सीले लिभरपुलाई २–१ ले पराजित गर्दै अघिल्लो चरणमा स्थान पक्का गरेको थियो ।जारी सिजन उत्कृष्ट लयमा भएको क्लोपको टोलीको सबै खाले प्रतियोगितागरि ८औं खेलमा त्यो नै पहिलो हार थियो ।इङलिस प्रिमियर लिगका ६ खेलमा शतप्रतिशत नतिजालाई निरन्तरता दिएको लिभरपुलले च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मन(पिएसजी)लाई ३–२ ले पराजित गरेको थियो।

१८ अंक जोडेको लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा छ भने समान १६ अंक जोडेका म्यानचेस्टर सिटी र चेल्सी क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै चेल्सी पनि पछिल्लो ८ खेलमा अपराजित रहदै आएको छ ।प्रिमियर लिगका ६ खेलमा ५ जित र १ बराबरीको नतिजा निकालेको चेल्सीले युृरोपा लिग र इङलिस लिग कपमा पनि खेल जितेको थियो।

प्रिमियर लिगको सुरुआतबाट देखिएको माउरिन्हो र पोग्बाबिचको सम्बन्धमा सुरु भएको चिसोपनाले गत साता नयाँ रुप लिएको थियो  ।पोग्बाले सिजनको सुरुआतमा ओल्ड ट्राफोर्ड छोड्दै बार्सिलोना जाने हल्ला चेलेसँगै माउरिन्होले उनलाई सिजनका सुरुआती तीन खेलका साथै च्याम्पियन्स लिगको खेलमा समेत कप्तानीको जिम्मेबारी दिएका थिए।

तर गत साता प्रिमियर लिगमा उल्भरह्यामटनसँग १–१ को बराबरीमा रोकिएपछि पोग्बाले माउरिन्होले लिएको रक्षात्मक रणनितीको चर्चो आलोचना गरेका थिए ।त्यस्तै बुधबार इङलिस लिग कपमा डर्बी काउन्टीलाई ८–७ को नतिजा सुम्पिदै प्रतियोगिताबाट बाहिरिएपछि माउरिन्होले अबका दिनमा पोग्बालाई कप्तान र उपकप्तानीको जिम्मेबारी नदिने बताएका थिए।

माउरिन्होले सो खेलमा पोग्बालाई आराम दिएका थिए । त्यसैले शनिबार माउरिन्होले पोग्बालाई मैदान बाहिर राख्छन् वा टोलीमा अवसर दिन्छन् भन्ने पनि चासोको विषय बनेको छ । प्रिमियर लिग अन्तर्गत शनिबार हुने अन्य खेलमा टोटेनह्यामले हडल्सफिल्ड,आर्सनलले वाट्फोर्ड र साउथह्यामटनले उल्भरह्यामटनको सामना गर्नेछ।

प्रकाशित: १३ आश्विन २०७५ ०५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App