२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

श्रम ऐन कार्यान्वयन गर्न धितोपत्र व्यवसायीलाई निर्देशन

काठमाडौ– केही धितोपत्र दलाल तथा मर्चेन्ट बैंकरहरुले आफ्ना कर्मचारीलाई सरकारले तोकेअनुसारको पारिश्रमिक तथा सेवा सुविधा उपलब्ध नगराएको पाइएको छ। 

ती कम्पनीले श्रम ऐन २०७४ लगायत सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको पाइएको हो।
धितोपत्र व्यवसायी कम्पनीहरुको नियमक निकाय नेपाल धितोपत्र बोर्डमा त्यस्ता कम्पनीहरु विरुद्ध उजुरी परेपछि बोर्डले कम्पनीहरुबाट विवरण मगाई सुपरिवेक्षण गरेको थियो।

अध्ययन् गिर्दा कैफियत पाइएको बोर्डले ४५ दिन भित्र सम्पूर्ण कानुनी व्यवस्था कार्यान्वयन गरी त्यसको जानकारी बोर्डलाई दिन परिपत्रमार्पmत निर्देशन दिएको छ। बार्डले प्रचलित कानुनले तोकेबमोजिम न्यूनतम पारिश्रमिक तथा वित्तीय क्षेत्रको औषत किसिमको सेवा सुविधा उपलब्ध गराउन भनेको छ।

त्यसैगरी कतिपय कम्पनीमा नियुक्ति पत्र बेगर काममा लगाइएको, योग्यता नपुगेका व्यक्तिलाई जिम्मेबारी दिएको भन्दै योग्यता अनुरुप सेवा सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो। बोर्डले पारिश्रमिक लगायतका वित्तीय सुविधाहरु अनिवार्य बैंक खातामार्पmत उपलब्ध गराउन निर्देशन दिएको छ। 

प्रकाशित: १० आश्विन २०७५ ११:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App