सन्दर्भः संविधान दिवस

संविधान लुगा फेरे जस्तो नफेरौंः पूर्व न्यायाधीश बलराम केसी (भिडियो अन्तर्वार्ता)

बुधबार, ०३ असोज २०७५, १६ : ०८ श्रीराम पाैडेल  | @srpaudel

28


सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले संविधान लुगा फेरे जस्तो तत्कालै फेर्न नहुने बताएका छन्। संविधान दिवसको सन्दर्भमा नागरिक न्यूजसँगको विशेष कुराकानीमा पूर्व न्यायाधीश केसीले नेपालले संविधान निर्माणकै लागि लामो समय खर्चिएको स्मरण गर्दै नेपालमा चाँडो चाँडो नयाँ संविधान प्रयोगमा ल्याइएको बताए। ७० वर्षे संवैधानिक इतिहासमा नेपालले ७ वटा संविधान प्रयोग गरिसकेको छ।

‘हरेक परिवर्तनलाई सम्बोधन गर्न नयाँ संविधान आवश्यक पर्दैन, संविधान संशोधन गर्दै आवश्यकता सम्बोधन गर्न सकिन्छ’ पूर्वन्यायाधीश केसीले भने, ‘भारत र अमेरिकाले दर्जनौ पटक संविधान संशोधन गरेर नयाँ आवश्यकतालाई सम्बोधन गर्दै लगेका छन् र संविधानलाई लामो अवधिसम्म गतिशिल बनाएका छन्।’

नेपालको अहिलेको संविधान निकै महत्वाकांक्षी रहेकोले जनआकांक्षा अनुसार राजनीतिक नेतृत्वले काम गर्न नसक्ने उनले बताए। मुलुकको संघीय सिमाङ्कन गर्दा जग्गा प्लटिङ गरेको जस्तो गरिएको उल्लेख गर्दै केसीले अझै पनि नेता इमान्दार भइदिने हो भने मुलुक समृद्धिको बाटोमा लाग्न सक्ने बताए। उनले भने, ‘संविधान निर्दोष हुन्छ, दोष त प्रयोग गर्नेहरुको हो।’

भाग्यवश न्यायालयलाई केन्द्रीकृत प्रणालीमै राखिएकाले न्यायिक क्षेत्र सबल बन्नसक्ने बताए। तर न्यायालय र राज्यका अन्य संरचनामा गरिने नियुक्तिमा हाम्रा भन्दा पनि राम्रा मान्छे ल्याउन उनले आग्रह गरे।  






यसमा तपाईको मत


अन्य समाचार

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

ग्यालेक्सी एस १० र १० प्लस र ग्यालेक्सी एस १० ई ...

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

fix ad for sagoon