२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेप्सेमा दोहोरो अंकको बृद्धि, कारोबार पनि बढ्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १३.०६ अंकले बढेर १२ सय ३०.७१ बिन्दुमा पुगेको छ भने कुल कारोबार रकममा पनि बृद्धि देखिएको छ।

आज १६५ कम्पनीका १३ लाख ९३ हजार कित्ता शेयरहरु ४३ करोड २९लाख ५७ हजार ६७रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.७९ अंकले बढेर २६०.८० विन्दुमा पुगेको छ।

एनआईसी एसिया बैंकको सबैभन्दा धेरै ५ करोड १३ लाख १५हजार रुपैयाँको कारोबार भएको छ। ग्लोबल आईएमई बैंकको ३ करोड ६९ लाख ५१ हजार५८० रुपैयाँको कारोबार भयो।
समूहगत कारोबारमा ११ समूहमध्ये ३ समूहका सूचक घटेका छन्। बढनेमा नीर्जिवन बिमा समूहको ११३.५२ अंक र लघुवित्तको १५ अंकले बढेको छ। बैंकिङ समूहमा १३.९८अंकको बृद्धि भएको छ।
आजको कारोबारमा सबैभन्दा धेरै कमाउनेमा राष्ट्रिय बिमा कम्पनीका साधारण लगानीकर्ताले प्रतिकित्ता ४१८ रुपैयाँ र प्रवर्दकले ३३० रुपैयाँ कमाए। गुमाउनेमा  बोटलर्स नेपालका लगानीकर्ताले प्रतिकित्ता १२८ रुपैयाँ गुमाए।

 

प्रकाशित: २७ भाद्र २०७५ १०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App