२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सरकारको नयाँ योजनाः खानेपानी आधाघण्टा भित्रै

फाइल तस्बिर

काठमाडौं– सरकारले खानेपानी संकलन गर्न आधा घण्टाभन्दा बढी समय खर्च गर्न नपर्ने गरी नयाँ योजना बनाउने भएको छ। खानेपानी मन्त्रालयले यसका लागि खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने घर परिवार र समुदायको पहिचान गरी विवरण संकलन अभियान थालेको जनएको छ।

खानेपानी मन्त्री बिना मगरको विशेष सक्रियतामा यो अभियान सुरु गरिएको जनाइएको छ। ‘खानेपानीको समस्या भोगिरहेका जनतालाई पानीको सुविधा पुर्याउन  विवरण संकलन थालेका छौ,’ मन्त्री मगरले भनिन्, ‘कस्ता कस्ता ठाउँहरुमा खानेपानीको समस्या रहेछ त्यो कुरा थाहा पाउनु पर्ने अत्यन्तै जरुरी छ । खानेपानी लिन विशेष गरी गृहिणी महिलाहरु घण्टौ घण्टासम्म हिंड्नुपर्ने बाध्यतालाई सुल्झाउन मन्त्रालयले यस्तो कदम चालेको हो।’ यसकै आधारमा खानेपानीका नयाँ योजना बनाउने उनले जानकारी गराइन्।

एक हप्ताभित्र यस्तो विवरण पठाउन मन्त्रालयले देशै भरका घर परिवार, सामाजिक संघ संस्था र स्थानीय तहहरुलाई अनुरोध गरेको छ । खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने समुदायका लागि सम्पर्क गर्न मन्त्रालयले टोल फ्रि नम्बरको समेत व्यवस्था गरेको छ । यसका लागि १६६००१४२१११ नम्बरमा निशुल्क फोन गर्न सकिने मन्त्रालयले जनाएको छ।

 

प्रकाशित: २५ भाद्र २०७५ १३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App