जापानद्वारा नेपाललाई चामल सहयोग

सोमबार, २५ भदौ २०७५, १६ : ०९ नागरिक

काठमाडौं – जापान सरकारले नेपाल खाद्य संस्थानलाई ३२ करोड ४८ लाख बराबरको चामल सहयोग उपलब्ध गराएको छ। दुर्गम जिल्लाका विपन्न वर्गलाई खाद्य अभाव हुन नदिन सन् २०१६ मा भएको सम्झौता कार्यक्रमअन्तर्गत सो सहयोग प्राप्त भएको हो। 

सोमबार आयोजित चामल हस्तान्तरण कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई चामल हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा सचिव घिमिरेले खाद्य समस्या हुने देशका विभिन्न दुर्गम जिल्लामा चामल व्यवस्थित तरिकाले वितरण गरिने बताए। राजदूत साइगोले नेपालको कृषि, पर्यटनलगायत क्षेत्रको विकासमा सहयोग पुर्याउने नीति रहेको बताए। 

खाद्य संस्थानका अध्यक्ष नवराज ढकाल र महाप्रबन्धक योगेन्द्र गौचनले खाद्य उत्पादनमा समस्या रहेका हुम्ला, जुम्ला, डोल्पा, मुगुलगायत हिमाली जिल्लाका गरिब जनताको सहयोगका लागि जापान सरकारले विगतमा पनि विभिन्न प्रकारका सहयोग उपलब्ध गराउँदै आएको जानकारी गराए।     (रासस)








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad