२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

म राज्यबाटै असुरक्षित छु : लेनीन विष्ट

काठमाडौं- तत्कालिन माओवादी विद्रोहमा वाल सैनिकको रुपमा कार्यरत लेनीन विष्टले आफु राज्यबाटै असुरक्षित रहेको बताएका छन्।

उनले राज्यबाट सुरक्षित हुनुपर्ने ठाँउमा आफु राज्यलेनै कतीखेर के गर्छ भन्ने अनुभूतीमा पिरोलिन परेको बताए। आफुलाई सुरक्षा थ्रेट महसुस भएको उनले बताए। विष्टलाई थाइल्यान्डमा आयोजना भएको एक कार्यक्रममा सहभागि हुन जान लाग्दा अध्यागमनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शुक्रबार फर्काएको थियो।

विगतमा आफुलाई झुठो मुद्दाहरु लगाउने कोसिस भएको बताउँदै उनले  'कल वाइपास'को आरोपमा एकवर्ष जेल समेत हालेको बताए। पछि निर्दोष रहेको भन्दै अदालतले विष्टलाई सफाई दिएको थियो।

२०६९ सालमा वाल सैनिकको हकहितमा आवाज उठाएकै कारण अपहरण समेत गरेको बताउँदै सेना समायोजन हुनु अघि कोठा तोडफोड भएको समेत उनले बताएका छन्।  

भिडियो :

आइतवार काठमाडाैंमा नागरिक स्वतन्त्रताका पक्षपाती अगुवाहरुसहितको कार्यक्रममा बोल्दै विष्टले वालसैन्यको मुद्दा आफूले उठाएपछि त्यसलाई ढाकछोप गर्न सरकारी संयन्त्र लागेको बताए।

सोही कार्यक्रममा बोल्दै राजनीतिकशास्त्री हरि शर्माले आफ्नै नागरिकसँग मजवुद सरकार डराएको बताए। संगृहित त्रास (कलेक्टिभ फियर) बाट सरकार तर्सिरहेको अहिलेको अवस्थामा नागरिक हाेशियार हुन आवश्यक रहेको शर्माले बताए।

विष्टलाई स्वतन्त्रतापूर्वक हिडडुल गर्न रोक लगाइएको घटना पहिलो नभएको बताउँदै अन्य सहभागीहरुले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई क्यानडा जान रोक लगाइएको, वीर अस्पतालबाट चिकित्सकलाई उठाएर गृह मन्त्रालय लगेर जवरजस्ती घाइते सिफारिस गर्न दवाव दिएको, गोविन्द केसीको अनशनताका उनीमाथि देखाइएको सरकारी रवाफ, अखवारमा एक जना मन्त्रीको थर मिले पनि नाममात्रै नमिल्दा सम्पादकलाई प्रेस काउन्सिलले स्पष्टीकरण मागेको, राज्य संयन्त्रका व्यक्तिहरुको दम्भपूर्ण उपस्थिति हुँदै आएका गतिविधिलाई एक्लै हेर्न नमिल्ने राय राखेका थिए। उनीहरुले नागरिकको फराकिलो दायरालाई संकुचन गर्ने प्रयास भइरहेको बताए। कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता अोमप्रकाश अर्याल, नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेल, रिपब्लिका दैनिकका सम्पादक सुवास घिमिरे, सुरक्षाविद् गेजा शर्मा वाग्ले, प्रेम सापकाेटा, राजन कुइँकेल लगायत सहभागि थिए।

प्रकाशित: १० भाद्र २०७५ १३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App