८ वैशाख २०८१ शनिबार
अर्थ

करवृद्धि समायोजन गर्ने सहमती

चितवन – रत्ननगर नगरपालिकामा गरिएको कर वृद्धिको विरोधमा अनशन बसेका राजनीतिक दल र नगरपालिकाबीच कर वृद्धि समायोजन गर्ने सहमती भएको छ। करवृद्धिको विरोधमा उत्रिएकाहरुको माग सम्बोधन गर्ने विषयमा नगरपालिका र अनशनरत पक्षबीच दुई दिनसम्म चलेको वार्तामा दुवै पक्षको सहभागितामा कार्यदल गठन गर्ने सहमती भएको हो।

वार्तामा सहमती जुटेपछि आइतबारबाट सुरु भएको रिले अनशन बुधबार राती तोडिएको छ।  दुई पक्ष बीच १३ बुँदे सहमती भएको छ। कर वृद्धिको समस्या समाधानका लागि नगर उपप्रमुखको संयोजकत्वमा सात सदस्यिय समिति गठन गर्ने निर्णय गरिएको छ। समितिमा तीन जना नगरपालिका र ३ जना संयुक्त संघर्ष समितिबाट रहनेछन्। समितिमा रहनेको नामावली बिहीबार कार्यालय समयभित्र उपलब्ध गराउने सहमती भएको हो।

समितिले छलफल गरेर आएको निष्कर्ष नगरपालिकाको विशेष नगरसभामा पेश गरिनेछ। पुराना साधन तथा मेशिनको लिलाम बिक्री तत्काल सुरु गर्ने, सामुदायिक विद्यालयमा देखिएको विवादलाई विद्यालय व्यवस्थापन समितिबाट समाधान गर्ने, पिठुवा सिँचाई जल उपभोक्ता समितिमा देखिएको विवाद भदौ महिनाभित्र समाधान गर्ने, नगरपालिकाले खरिद गरेको रोलरको अधिकतम प्रयोगको व्यवस्था गर्ने लगायतका सहमती गरिएको हो।

दुई पक्षबीच दुई दिनसम्म पटक–पटक चलेको वार्ता पछि सहमति जुटेको हो। कर वृद्धि लगायतको विरोधमा नगरपालिका स्तरिय सात राजनीतिक दलले संयुक्त रुपमा रिले अनशन बसेका थिए।

प्रकाशित: ३१ श्रावण २०७५ ०२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App