रसुवाको लाङटाङमा चिज उत्पादन घट्यो

बिहिबार, १७ साउन २०७५, १४ : १७ हिमनाथ देवकोटा

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–४ लाङटाङमा रहेको चिज उत्पादन केन्द्रमा चिज उत्पादन घटेको छ।  भूकम्प जानुपूर्व वार्षीक ५ हजार केजी चिज उत्पादन गर्दै आएको केन्द्रले त्यसपछिका दिनमा २ हजार ७ सय केजी चिज उत्पादन गरिरहेको छ। 

भूकम्पपछि चौरीपालक कृषक घटेको, उपकरणको अभाव, जनशक्तिको अभाव, अगाडि पेस्की दिने कार्य रोकिनु र दुधको मूल्य नबढेका कारण कृषकले केन्द्रलाई दुध उपलब्ध गराउन छाडेका छन्। जसको कारण वर्षेनी चिज उत्पादन घट्दै जान थालेको छ। 

भूकम्प जानुभन्दा पहिले लाङटाङमा ४३ जना व्यवसायिक चौरीपालक कृषक थिए। भूकम्पको कारण बगरमा परिणत भएको लाङटाङमा पालिएका ६ सयभन्दा बढी चौरी मरे। कृषकले सहुलियत पाएनन्। त्यसपपछि कृषकले चौरी पाल्नैै छाडे। 

दुग्ध विकास संस्थानको स्वामित्वमा रहेको केन्द्रमा दुधको मूल्य नबढ्दा कृषकले दुध उपलब्ध गराउन छाडेका हुन्। पर्यटक आउने समयमा चिया बेचेर कृषकले आम्दानी गर्ने गरेका छन्। ‘केन्द्रले एक लिटर दुधको फ्याट हेरेर अधिकतम ७६ रुपयाँसम्म दिन्छ, केन्द्र प्रमुख ग्याल्बो लामाले भने, यहाँ एक कप चियाको मूल्य एक सयभन्दा बढी पर्छ। 

केन्द्रमा उत्पादन भएको मखन तथा चिज स्थानीयस्तरमा नै खपत हुने गरेको छ। उत्पादित चिज बिक्रिका लागि समस्या नभएको लाङटाङ चिज उत्पादन केन्द्रका प्रमुख लामाले बताए। लाङटाङ राष्ट्रिय निकुञ्जमा आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक लाङटाङ जाने गरेका छन्। 

लाङटाङ गएका विदेशी पर्यटकले चिज लैजाने गरेका केन्द्रले जनाएको छ। सडक सञ्जालले नजोडिएको लाङटाङ क्षेत्रमा दुध संकलनका लागि तीन घण्टा हिँड्नुपर्ने बाध्यता रहेको छ। ‘हामी तीन घण्टा हिँडेर दैनिक दुध संकलन गर्छौँ, केन्द्र प्रमुख लामाले भने, केन्द्रमा दैनिक ४ सय लिटर दुध संकलन हुन्छ।’ दुध तीन ठाउँमा संकलन गर्ने गरिएको छ। 

केन्द्रबाट सबैभन्दा टाढा रहेका झ्याबु खर्कबाट दुध बोकेर ल्याउने ल्याउने गरिएको केन्द्रले जनाएको छ। त्यहाँबाट दुध संकलन गरेर ल्याउँदा बीचमा खोला रहेको छ। खोलामा निर्माण गरिएको तुइनबाट दुध वारी ल्याउने गरिएको छ।केन्द्रले यो वर्ष २ हजार ७ सय केजी चिज उत्पादन गर्ने लक्ष्य लिएको छ। हालसम्म १ हजार ३ सय केजी चिज उत्पादन भइसकेको उनले बताए। पर्यटकीय क्षेत्र लाङटाङको क्यान्जिनमा रहेको चिज उत्पादन केन्द्र २००९ सालमा स्थापना भएको थियो। 

चिजको बजार मूल्य प्रतिकेजी १ हजार ७ सय र मखनको १ हजार रहेको छ। १ सय लिटर दुधबाट ११ किलो चिज र चार किलो मखन उत्पादन हुन्छ। यो नेपालको पहिलो चिज उत्पादन केन्द्र हो। केन्द्रमा अहिले दुई जना स्थायी र तीन जना अस्थायी कर्मचारी रहेका छन्। 

जिल्लाको गोसाइँकुण्ड गाउँपालिकास्थित धुन्चे, चन्दनबारी र लाङटाङ तथा आमाछोदिङ्मो गाउँपालिकाको गत्लाङमा चीज उत्पादन हुँदै आएको छ। वार्षीक ३६ हजार केजी चिज उत्पादन गर्ने क्षमता रहेको भएपनि पर्याप्त मात्रमा दुध संकलन हुन नसक्दा ३४ हजारको हाराहारीमा चीज उत्पादन हुने गरेको केन्द्रहरुले जनाएका छन्। 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

Ncell Footer Ad