२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

केसीसँगको सहमतिबारे नेकपाका सांसदलाई जानकारी

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीले आफ्नो संसदीय दलको बैठकमा चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा. गोविन्द केसीसँग भएको सहमतिबारे जानकारी गराएको छ। 

दलका उपनेता एवं उक्त सहमतिको पहलकर्ता सुवास नेम्वाङले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा बिहीबार बेलुका केसीसँग भएको सहमतिबारे जानकारी गराएका थिए। 

बैठकमा सहमतिपछिको फरक स्थितिका बारेमा छलफल भएको र सहमतिले संसदीय प्रक्रिया तथा सर्वोच्चतालाई स्वीकार गरेको उनले बताए। 

चिकित्सा शिक्षा विधेयकमा अहमति जनाउँदै प्रमुख प्रतिपक्षको सदन अवरोधको अवस्था रहेको स्थितिमा बैठक बोलाइएको र सहमतिपछि सदन खुल्ने अपेक्षा आफूहरुले गरेको नेता नेम्वाङले बताए। उनले सरकारले प्रस्तुत गरेको विधेयकमा संशोधनको प्रक्रियाबाट टुंगो लगाउने समझदारी विपरीत काँग्रेसले सदन अवरोध गरेकामा असन्तुष्टि व्यक्त गरे। 

नेकपाका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य सहभागी बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताको उपस्थिति थियो। 

काठमाडौं उपत्यकाका १० वर्षसम्म नयाँ मेडिकल कलेजका खोल्न नदिने प्राबधानसहित बिहीबार राति सरकार र आमरण अनशनरत डा केसीबीच २२ बुँदे सहमति भएको थियो। सहमतिपछि केसीले २७ दिने अनशन तोडेका थिए। रासस

प्रकाशित: ११ श्रावण २०७५ ०५:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App