२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिपक्षीद्वारा संसद अवरुद्ध

विराटनगर– प्रतिपक्षी नेपाली का“ग्रेसले प्रदेश १को संसद अबरुद्ध गरेको छ। आइतबारको बैठक सुरू भएलगत्तै  प्रमुख प्रतिपक्षी दलका सा“सदहरूले उठेर बिरोध जनाएका थिए। सभामुख प्रदीपकुमार भण्डारीले पटक पटक बस्न आग्रह गरेपनि प्रतिपक्षी सांसदहरू नमाने पछि भण्डारीले आफ्ना कुरा राख्न प्रतिपक्षी दललाई आग्रह गरेका थिए। 

प्रतिपक्षी दलका तर्फबाट सदनमा बोल्दै सांसद लोकप्रसाद संग्रौलाले अनशनरत डा. गोविन्द केसीका माग पुरा नहुन्जेल संसद चल्न नदिने बताए। लोकप्रसाद संग्रौलाले बोले लगत्तै प्रमुख प्रतिपक्षी दलका  सांसदहरू पुनः उठेर विरोधलाई निरन्तरता दिएका थिए। 

प्रतिपक्षी सांसदहरूले पुनः उठेर संसद अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले सत्तापक्षका सांसदलाई बोल्ने अनुमति दिएका थिए। सत्तापक्षका तर्फबाट सांसद बुद्धीकुमार राजभण्डारीले सरकारका काममा सहयोग गर्दै आएका प्रतिपक्षी सांसदहरूलाई कानुन बनाउने काममा पनि सहयोग गर्न आग्रह गरेका थिए। 

‘महत्वपूर्ण कानुनहरू बन्नेक्रममा रहेको र प्रदेश सरकारले सम्बोधन गर्ने माग पनि नभएकाले प्रदेशसभा सञ्चालनमा अबरोध नगर्न आग्रह गर्दछु’, उनले भने। सत्तापक्षका सांसद बुद्धिकुमार राजभण्डारीले भनाई राखिसकेपछि प्रतिपक्षी सांसदहरूले पुन संसद अबरोध गरेका थिए। प्रतिपक्षीले संसद अबरोधलाई निरन्तरता दिएपछि सभामुख भण्डारीले साउन १० गते सम्मका लागि संसद स्थागित गरेको जानकारी दिए। 

प्रकाशित: ६ श्रावण २०७५ १५:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App