२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नेता ठाकुरको घरमा लुटपाट

काठमाडौं– तराईमधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरको भक्तपुर, सानोठिमीस्थित घरमा शुक्रबार साँझ डकैती भएको छ ।

कालो रंगको कपडा र माक्स लगाएको एक व्यक्ति साँझ ७ः२५ मा ढोका ढककाउन पुगेको थियो । छोरी डा. मीनाक्षीले ढोका खोल्नासाथ उनको आँखामा खुर्सानी छर्केर लगत्तै चक्कु समेत प्रहार गरी लुटेरा भित्र छिरेको थियो । लुटेराले सिधै नेता ठाकुरको कोठामा पुगेर त्यहाँ रहेको एउटा ब्रिफकेस लिएर भागेको पारिवारिक स्रोतले जनाएको छ ।

घटनालगत्तै प्रहरी पुगेर घटनास्थल सर्च गरिरहेको एसपी किरण बज्राचार्यले जानकारी दिए । उनका अनुसार घटना हुँदा घरमा मीनाक्षी र सहयोगी रमेश सिंह मात्र थिए । ब्रिफकेसमा कति रकम थियो भन्ने खुलेको छैन ।
 

प्रकाशित: २५ भाद्र २०७३ ०१:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App