ग्रेडिङ प्रणालीमा पोख्त नहुँदा एसइईको गलत नतिजा प्रकाशित

मङ्गलबार, १२ असार २०७५, ०८ : २९ रूबी रौनियार

काठमाडौं – राष्ट्रिय परिक्षा बोर्ड सानो ठिमीले शनिवार प्रकासित गरेको त्रुटिपुर्ण नतिजाका कारण कक्षा १०(एसइइ)को परीणाममा ९ हजार ४७ विद्यार्थी प्रभावित बने। बोर्डले नतिजा प्रकासित गर्ने तोकेको समय भन्दा ५ घन्टा ढिला नतिजा प्राकसित गर्दा समेत गलत नतिजा प्रकासनले विद्यार्थी र अभिभावकहरु तनावमा रह।

गलत नतिजाले ९० नम्बर प्राप्त गरेको ९ हजार ४७ विद्यार्थीालाई प्रभावित परेको हो। ९० नम्बर प्राप्त गर्ने विद्यार्थीहरुको पहिलो नतिजा ए ग्रेड देखाएको थियो भने दोस्रो पटक सच्चाइएको नतिजाले एप्लस देखाएको छ। सच्चाइएको नतिजामा ९ हजार ४७ विद्यार्थीको ए बाट ए प्लस ग्रेडमा रुपान्तरण भएको छ।

यस वर्षको नतिजाले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकासन गर्ने बैज्ञानिक आधार नभएको प्रष्ट बनेको शिक्षाविद् मनप्रसाद वाग्लेको आरोप छ। उनले साढे चार लाख बढी विद्यार्थीको भविष्य जोडिएको बोर्डले नतिजा प्रकासनमा संवेदनसिलता नदेखाएकोमा दुःख ब्यक्त गरे। उनले सरकारको ग्रैडिङ प्रणालीबाट नतिजा प्रकासन गर्ने तयारी नपुगेकै कारण तीन वर्षदेखि अन्योलतानै बनेको जिकिर गरे।

‘नतिजाको ग्रेड बढेर आउँदा विद्यार्थी खुशि भए तर घटेको भए समाजिक खललता उत्पन्न हुन्थ्यो ,’शिक्षाविद् बाग्लेले भने ‘संसारको उत्कृटा नतिजा प्रकासन गर्ने प्रणालीनै ग्रेडिङ हो तर नेपालमा तयारिनै पुगेन।’ उनले थपे ‘लेटर ग्रेडिङ अंकमा आधारित प्रणाली नभएर स्तरमा आधारित भएकोले अब राज्यले त्यही अनुसारको बैज्ञानिक आधार बनाएर अघि बढ्नु पर्छ।’

बोर्डले प्रकासित गरेको नतिजामा विद्यार्थीले प्राप्त गरेको नम्बरलाई ग्रेड र ग्रेड प्वाइन्टमा रुपान्तरण गर्दा नतिजामा त्रुटि भएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले स्वीकारे। उनले विद्यार्थीले प्राप्त गरेको ९० नम्बरलाई ग्रेड र ग्रेड प्वाइन्टमा कम्प्युटर अपरेटरले इन्ट्री गर्ने कमान्डको गडबढीका कारण नतिजामा त्रुटि भएको प्रष्ट्याए । शनिवारको नतिजाको गल्ती सच्चाएर बोर्डको सोमबार बसेको बैठकले सच्याएको नतिजालाई आधिकारिक मान्ने निर्णय गरेको अध्यक्ष पौडेलले भने। ‘सफट्वेयर नयाँ र कमान्ड पुरानै भएकोले ९० नम्बर ल्याउनेहरुको ग्रेड ए मात्र देखायो ,’अध्यक्ष पौडेलले नागरिकसँग भने ‘सोमबार बोर्डको बैठक बसी सच्चाइएको नतिजालाई आधिकारिक मान्ने निर्णय गरेको छ। साथै शिक्षा मन्त्रालयलाई यसबारे छानविन गर्न समेत लेखि पठाइएको छ ।’ उनले थपे‘अब उपरान्त नतिजा त्रुटिरहित प्रकासित गर्न बोर्डले अध्ययन अनुसन्धान थालेको छ।’

आफनो शिक्षा निति नभएको र दातृ निकायको दबाबमा शिक्ष नीतिहरु तय हुने हुँदा शिक्षा क्षेत्रमा समस्या आइरहेको मन्त्रालयकै एक अधिकारीले जनाए। उनले एसइइ मात्र होइन दातृ निकायकै इशारामा कक्षा ११ र १२ मा नेपालीलाई कम क्रेडिट आवरमा झारेको र विज्ञानको जिवविज्ञान समुहबाट समेत गणित हटाइएकोमा अक्रोस ब्यक्त गरे।

‘आफनो तयारिनै पुरा नहुदै तीन वर्षदेखि अन्योलता पुर्ण स्थितीमै हावादारी पारामा ग्रेडिङ कार्यन्वयन भयो ,’शिक्षा मन्त्रालयको एक अधिकारीले नाम नराख्ने शर्तमा भने ‘न त यसको मर्म शिक्षकलेनै बुझेका छन् त मन्त्रालयका पदाधिकारीले नै । तर पनि तीन वर्षदेखि नतिजा प्रकासन गर्दै आएको छ ग्रेडिङमै।’उनले थपे ‘दातृ निकायले थोरै रकम दिन्छन् तर पनि उनीहरुलेनै नेपालको शिक्षा चलाएका छन्। यसैले गर्दा हाम्रो शिक्षा भद्रगोल बनी रहेका छ । ’ उनका अनुसा यसैको एक उदाहरण एसइइको नतिजा पनि हो।

बोर्डले ९०–१०० अंक ल्याउनेलाई ए प्लस ग्रेड र ४ ग्रेड प्वाइन्ट दिने गरेको छ। भने ८०–८९ अंक ल्याउनेलाई ए ग्रेड र ग्रेड प्वाइन्ट३.६ दिने गरेको छ । यसैगरि ७०–७९ अंक ल्याउनेलाई बी प्लस र ग्रेड प्वाइन्ट ३.२ ग्रेड प्वाइन्ट , ६०–६९ अंकलाई बी र ग्रेड प्वाइन्ट२.८ तोकिएको छ। यसैगरि ५०–५९लाई सी प्लस ग्रेड र ग्रेड प्वाइन्ट २.४ र ४०–४९ अंकलाई सी ग्रैड र ग्रेड प्वाइन्ट २ तोकिएको छ।

शिक्षाविद् विद्यानाथ कोइरालाले अंकलाई ग्रेडिङमा रुपान्तरण गर्ने तरिकालेनै विग्रेको औल्याए। उनले ग्रेडिङ कार्यन्वयन भएका देशहरुमा विद्यार्थीको निरन्तर मूल्याँकन , विषयबस्तुको ज्ञानलगाएतको आधारमा स्तर मापन हुने भए पनि नेपालमा ग्रेडिङको मर्म अनुसार कार्यन्वयन हुन नसक्दा समस्या आएको जनाए। ‘वर्षेनी ए ल्याउनेहरु १३ प्रतिशत माथि गएको छैन। अझै एक लाख विद्यार्थी कक्षा ११ प्रवेशबाट रोकिन्दै आएको छ ,’शिक्षविद् कोइरालाले सुझाए ‘अब सरकारले शिक्षकलाई ग्रेडिङको बारेमा राम्ररी बुझाएर कमजोर ग्रेडकालाई राम्रो ग्रेडमा पार्ने तरिकाले जानु पर्छ।’

एइइको नतिजा त्रुटि छानविन गर्न समीति गठन

राष्ट्रिय परीक्षा बोर्डले प्रकासित गरेको कक्षा १०को एसइइ नतिजामा देखिएको त्रुटिबारे छानविन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक समीति गठन गरेको छ। बोर्डले माग गरे अनुसार त्रुटि बारे अध्ययन गरी प्रतिवेदन पेस गर्न र अगामि दिनमा त्यस प्रकासरको समस्या आउन नदिन अवलम्बन गर्नु पर्ने उपायहरु सम्बन्धमा पाँच दिन भित्र सुझाव दिन शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. तुलसी प्रसाद थपलियाको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जारि गरेको विज्ञप्तीमा उल्लेख छ। असार ११ गते गठित समीतिमा कानुन तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भुराज रेग्मी र इभेन्ट परियोजनाका उपसचिव दिनेश खनालसहित तीन सदस्य छन्।








यसमा तपाईको मत

अन्य समाचार

एभरेष्ट बैंकको वार्षिकोत्सवमा  कार्यक्रम

एभरेष्ट बैंकको वार्षिकोत्सवमा कार्यक्रम

एभरेष्ट बैंकले आफ्नो २५ औं वार्षिकोत्सव सुदूर पश्चिम प्रदेशमा बिबिध कार्यक्रम गरी मनाईएको छ । ...

नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याकमा

नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याकमा

बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा बिक्री–वितरण गरिहेको  नेबिको प्रालिले नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याक सार्वजनिक गरेको छ ।

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

गत वर्ष सार्वजनिक र रिलिज भएको आइफोन टेन आर (XR) अब भारतमा निर्माण हुन थालेको हो । ...

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

Ncell Footer Ad