२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

दुवैको आनन्दता सम्भोगको सार्थकता

मेरी श्रीमती सम्भोगका बेला असाध्यै पीडा महसुस गर्छिन् । उनको योनी सुक्खा हुन्छ । यो कस्तो समस्या हो ?
सी

दुवैलाई बराबर आनन्द आयो भनेमात्र सम्भोग सार्थक र गहन हुन्छ । एकजनालाई मात्र आनन्द आउनु सम्भोग होइन । अतः सम्भोग  अत्यन्त संवेदनशील क्रिडा हो, जसमा शरीर, मन र भावनाको त्रिकोणात्मक उपस्थिति आवश्यक हुन्छ ।

महिलाका विभिन्न यौन समस्यामध्ये योनी सुक्खा हुनु पनि एक हो । हुन त यो कुनै घातक या जटिल समस्या पक्कै होइन तर यसले यौन जीवनलाई भने निराश एवं पीडादायी बनाउँछ । सम्भोगको समयमा महिलाको योनीमा प्राकृतिक रूपमा चिल्लो पदार्थ निस्कन्छ तर कसैकसैकोमा भने चिल्लो पदार्थ ननिस्कने वा अत्यन्त कम निस्कने गर्दा सम्भोगमा पीडा हुन सक्छ । यो प्राकृतिक चिल्लो पदार्थ योनी भित्रको सर्भिक्स भन्ने ठाँउबाट योनीतिर आउँछ । यसले योनीलाई चिल्लो र ओसिलो बनाउन मद्दत गर्छ । यो हल्का सेतो चिल्लो पदार्थमा योनीभित्रका मरेका कोषहरु पनि निस्कन्छन् । यो प्राकृतिक क्रिया हो ।
   
योनी सुक्खा हुँदा विभिन्न यौन रोगको संक्रमण हुने दर बढी हुन्छ । यस्तो बेला सम्भोग गर्दा महिलालाई असाध्यै पीडा हुन्छ । पुरुषलाई पनि सुक्खा योनीमा लिंग भित्र–बाहिर गर्दा त्यति आनन्द आउँदैन । महिलाको योनीमा चिल्लो पदार्थ निस्कँदा योनी ओसिलो तथा स्वस्थ हुने हुँदा हतपति संक्रमण हुन पाउँदैन । यसले सम्भोगलाई गहन बनाउनुको साथै अविस्मरणीय बनाउँछ ।

कतिपय महिला योनी सुक्खा भएर पीडा हुँदा पनि पार्टनरलाई भन्न सक्दैनन् । यसरी पीडालार्ई खपेर बस्दा गहन यौन सन्तुष्टिबाट वञ्चित भइन्छ । यस समस्याका लागि योनी नरम र चिल्लो बनाउने लुब्रिकेन्टहरु बजारमा पाइन्छन् । यिनको प्रयोगले धेरै हदसम्म पीडालाई कम गर्न सकिन्छ तर पनि सही निदानका लागि यौन विशेषज्ञसँग सल्लाह गर्नुपर्छ ।

शुक्रबारबाट

प्रकाशित: २० भाद्र २०७३ ०७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App