२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

ख्वप सांस्कृतिक साँझ हुने

भक्तपुर– ख्वप मिडिया सर्कल भक्तपुरले ख्वप सांस्कृतिक साँझ गर्ने भएको छ । सर्कलका अध्यक्ष राजु मानन्धरले कला र कलाकारको संरक्षण र प्रवर्द्धन गर्न असार २ गते साँझ गर्न लागेको जनाए । साँझमा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलगायतले गीत गाउने कार्यक्रम रहेको छ ।

कार्यक्रममा नेपाल भाषाको क्षेत्रका विशेष योगदान पुर्याउँदै आएका काठमाडौं, भक्तपुर र ललितपुरका प्रख्यात गायकगायिका तथा नृत्यकर्मीको प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम रहेको सम्मेलनमा जनाइयो । कार्यक्रममा किकम्पा सांस्कृतिक प्रतिष्ठान र एबी समूह भक्तपुरको नृत्य र गीतसंगीत पनि प्रस्तुत हुनेछ ।

 

प्रकाशित: २८ जेष्ठ २०७५ ०४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App