२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अटो रिक्सा दुर्घटना हुँदा सुर्खेतमा तीनको मृत्यु

सुर्खेत- पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–५ मुरमुरीमा भएको अटो रिक्सा दुर्घटनामा एक महिने बालिकासहित तीन जनाको मृत्यु भएको छ। बावियाचौरबाट मुरमुरी जाँदै गरेको भे १ ह २१३५ नम्वरको अटो रिक्सा दुर्घटना हुँदा एक महिनाकी बालिका प्रतिक्षा शाही, आमा २४ वर्षीय विनिता शाही र अटो चालक अशोक रावतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बावियाचौरका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिए।

बालिकाको दुर्घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका लागि वीरेन्द्रनगर ल्याउने क्रममा बाटोमा मृत्यु भएको छ। दुर्घटनामा ४२ वर्षका विर्खबहादुर नेपाली र २९ वर्षीया लाली नेपाली घाइते भएका छन्। उनीहरुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। मृतक सबै एउटै गाउँका हुन्।

 

प्रकाशित: २७ जेष्ठ २०७५ १२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App