२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सेमिफाइनल समीकरण पूरा

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लब बुधबार प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा समूहविजेता बन्दै सेमिफाइलनमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न लिगको अन्तिम खेलमा प्रदेश नम्बर ५ लाई ७ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । हारका बावजुद पनि प्रदेश नम्बर ५ तेस्रो स्थानको प्रदेश नम्बर ७ लाई रनरेटको आधारमा पछि पार्दै उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश पायो।

लिगको अन्तिम खेलमा प्रदेश नम्बर ५ ले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको समाप्तिमा ९ विकेट गुमाएर २ सय रन जोड्न सफल भएको थियो । २ सय १ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको पुलिसले ४४ ओभरको समाप्तिमा ३ विकेट गुमाएर लक्ष्य भेटाउन सफल भएको थियो । पुलिसको जितका लागि ओपनरद्वय सुनील धमला र अमित श्रेष्ठले क्रमश ३६ तथा ३० रनको योगदान गरेका थिए।

८६ बलको सामना गरेका धमलाले १ चौका प्रहार गरेका थिए भने ४१ बलको सामना गरेका श्रेष्ठले ४ चौका प्रहार गरेका थिए । यस्तै दिलीप नाथले २४ रन जोड्दा सन्दीप सुनारको बलमा ‘कट एन्ड बोल्ड’ हुँदा दीपेन्द्रसिंह ऐरी र आरिफ शेख क्रमश ५८ तथा ४५ रनमा अविजित रहे । ५३ बलको सामना गरेका ऐरीले ३ छक्का र २ चौका प्रहार गरेका थिए भने ५१ बल सामना गरेको शेखले पनि ३ छक्का र २ चौका प्रहार गरेका थिए।

बलिङतर्फ प्रदेश नम्बर ५ का लागि सन्दीप सुनारले २ विकेट हात पार्दा लाल अधिकारीले १ विकेट हात पारे । टस हारेर पहिला ब्याटिङ गरेको प्रदेश नम्बर ५ का लागि ओपनर शंकर रानाले सर्वाधिक ४४ तथा सौरभ खनालले ४२ रनको योगदान गरेका थिए । इनिङ्सको अन्त्यतिर आक्रामक ब्याटिङ गरेका कृष्ण कार्की २६ रनमा रन आउट भए । २४ बलको सामना गरेको कार्कीले १ छक्का र १ चौका प्रहार गरेका थिए । यस्तै विक्रम भुसालले १२ बल खेल्दै २ छक्का र १ चौकको मद्दतमा २० रन जोडेका थिए । प्रदेश ५ का अन्य ३ खेलाडी रनआउट भएका थिए।

बलिङतर्फ पुलिसका रामनरेश गिरी र ललितनारायण राजवंशीले २–२ तथा ललितसिंह भण्डारी र दीपेन्द्रले समान १ विकेट लिए । अर्धशतक बनाउँदै १ विकेट हात पारेका पुलिसका दीपेन्द्रसिंह म्यान अफ दी म्याच घोषित भए।

समूह ‘बी’ बाट विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको पुलिसले अब फाइनल प्रवेशका लागि विभागीय प्रतिद्वन्द्वी समूह ‘ए’ को उपविजेता एएिफको सामना गर्नेछ । यस्तै समूह ‘बी’ कोे उपविजेता प्रदेश नम्बर ५ ले समूह ‘ए’ को विजेता त्रिभुवन आर्मी क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

पहिलो सेमिफाइलन खेल शुक्रबार आर्मी र प्रदेश नम्बर ५ बीच हुनेछ भने दोस्रो सेमिफाइलन एपिएफ र पुलिसबीच शनिबार हुनेछ । फाइलन खेल आइतबार हुनेछ।

प्रकाशित: २४ जेष्ठ २०७५ ०४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App