चीनको सहयोगमा नुवाकोटमा इन्धन भण्डारण गृह निर्माण सुरु

शनिबार, १९ जेठ २०७५, १८ : १२ भगवती लामा

नुवाकोट– नुवाकोटमा इन्धन भण्डारण गृह निर्माणको लागि प्रक्रिया सुरु भएको छ। चीन सरकारको सहयोगमा बन्न लागेको इन्धन भण्डारण गृहको लागि जग्गा छनोट समेत भइसकेको छ।

‘पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गर्न जग्गा पहिचान कार्यदल’ को अनुसार विदुर नगरपालिका वडा नम्बर ५ बुनीबेशीमा इन्धन भण्डारण गृह निर्माण गर्न लागिएको हो। जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको ९८ रोपनी जग्गा  इन्धन भण्डारण गृह निर्माणको लागि उपयुक्त रहेको कार्यदलका संयोजक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव लबदेव जोशीले बताएका छन्। ‘इन्धन भण्डारण गृह निर्माण गर्नको लागि समथर भुमि भयो भने उत्कृष्ट मानिन्छ। सडकको पहुँच राम्रो हुनुको साथै  सुरक्षाको हिसाबले पनि राम्रो बन्दोबस्त हुनुपर्छ। कार्यदलले सबैसँग सल्लाह गरेर अवलोकन गर्दा बुनीबेँशीमा रहेको जग्गा प्राथमिकतामा परेको छ,” जोशीले भने, ‘अब हामी यहाँको भूगोलको प्राविधिक परिक्षण  गरी प्रतिवेदन तयार गर्नेछौँ।’

चीन सरकारले नेपालको तीन स्थानमा इन्धन भण्डारण गृह बनाउन सहयोग गर्ने बचन दुई वर्ष अघि नै दिइसकेको थियो। त्यसैलाई मध्यनजर गर्दै नेपालले कार्यान्वयनको लागि आवाज उठाउन सहज होस् भन्ने उद्देश्यले पनि कार्यदलले आफ्नो सक्रियतालाई बढाउदै आइरहेको छ।   

इन्धन भण्डारण गृह निर्माणको लागि देशको गोरखा, तनहु, ललितपुर र काभ्रेमा पनि जग्गा खोजीको प्रक्रिया अघि बढिरहेको कार्यदलका संयोजक जोशीले बताएका छन्। ‘प्रधानमन्त्री केपी शर्मा ओलीले अब चीनको भ्रमण गर्ने कार्यक्रम तय हुँदैछ। भ्रमणमा प्रधानमन्त्रीले एजेण्डा प्रस्तुत गर्नुहुनेछ।’ जोशीले थपे, ‘कुनै सङ्कट आइपरेमा तीन महिना सम्मलाई पुग्ने इन्धन भण्डारण  गृह बनाउन नेपाल अग्रसर भएर लागि परेको छ।  गृह निर्माणको लागि एक ठाउँमा नै बीस विघा जग्गा आवश्यक हुन्छ। यहाँ छनोट गरिएको जग्गा सात विघाको रहेको छ र पनि वरिपरिको जग्गा पनि गाभ्नको लागि सकिने वातावरण देखिएको छ।’

हाल एक सातालाई मात्र पुग्ने इन्धन भण्डारण गृह काठमाडौंमा मात्र रहेकोले पनि इन्धनलाई लामो समयसम्म आत्मनिर्भर बनाउन नेपाल सरकारले गरिरहेको पहललाई चीन सरकाले सकरात्मक रुपले हेर्नेमा कार्यदलले विश्वास लिएको छ। 








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad