२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

होटल जल्दा एक करोड बराबरको क्षती

रसुवा– रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा छिरिङ छिङ्देलले सञ्चालन गरेको होटलमा आगलागि हुँदा करिब एक करोड बराबरको क्षती भएको छ।

प्रहरीका अनुसार आगोलागिबाट ९९ लाख ६४ हजार बराबरको क्षति भएको हो। बुधबार बिहान साढे ११ बजे लागेको आगोबाट होटलका साथै होटलमा रहेको नगद, फर्निचर, लत्ताकपडा र खाद्यान्न जलेर नष्ट भएको छ।

दुई तले कच्ची घरमा बुधबार बिहान साढे ११ बजे आगलागि भएको हो। घरको पूजा कोठाबाट निस्केको आगोले घर जलेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आगोले ८ लाख नगद जलेको छ । होटलमा हराएको १८ तोला सुनमध्ये प्रहरीको सक्रियतामा १० तोला सुन फेला परेको छ।

नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। करिब आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिन सफल भएको प्रहरी नायव उपरिक्षक शरत् कुमार थापा क्षेत्रीले बताए।

२०७१ सालमा औपचारिक रुपमा रसुवागढी नाका सञ्चालनमा आएपछि उनले त्यहाँ होटल सञ्चालन गरेका थिए।

प्रकाशित: १६ जेष्ठ २०७५ १०:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App